साईबाबाको स्वास्थ्य अवस्था निकै नाजुक भएको उहाँको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । आन्द्र प्रदेशको एक अस्पतालमा उपचाररत साई बाबाको अवस्था झन नाजुक भएकोले उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको ती चिकित्सकले जानकारी दिए ।
पुट्टपर्तीमा रहेको श्री सत्यसाई इन्स्टिच्यूट अफ हाइयर मेडिकल साइन्सेजका निर्नेशक समेत रहेका चिकित्सक ए एन सफायाले उहाँको उपचार निकै नै नाजुक अवस्थामा भईरहेको जनाए । मुटु र मिर्गौलासम्बन्धी समस्या देखिएपछि उहाँलाई गत मार्चको २८ तारिखमा अस्पताल भर्ना गरिएको थियो ।
यसैबीच उहाँको गृहनगर पुट्टपर्तीमा उहाँका हजरौं जना भक्तले उहाँको स्वास्थ्य लाभको कामना गर्दै भजन किर्तन एवं अन्य विविध धार्मिक अनुष्ठानहरु गरिरहेका पनि त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । सिन्ह्वा

No comments:
Post a Comment