कुवेत । गत हप्ता कुवेतको सुवियास्थित काम गर्दा गर्दै आफैले चलाएको सवारी अचानक ठोकिएर जल्दा ज्यान गुमाउन पुगेका चितवन मेघौलीका हिरामणी चौधरी र खोटाङ लामीटारका शेखर श्रेष्ठको परिवारलाई राहत उपलब्ध गराउने विषयमा नेपाली दूतावास, कम्पनी प्रतिनिधि, एजेन्ट रामचन्द्र सुवेदी र रिजनल गेट कम्पनीमा काम छोडेर बसेका कामदारबीच मौखिक सहमति भएको छ ।
पीडित पक्षले हिरामणी र सेखरको मृत्युपछि काम गर्नका लागी भिषा लाग्नुपर्ने, लाईसेन्स बन्नुपर्ने र मृतकको परिवारले क्षतिपुर्ति पाउनुपर्ने माग राख्दै केही दिनदेखि काम बन्द गरेका थिए । लामो समयदेखि कम्पनीले काम लगाए पनि ति नेपालीहरूको भिषा भने लागेको थिएन । पीडितहरूले जानकारी गराए अनुसार चौधरी र श्रेष्ठका परिवारलाई हाल दुई लाख पचास हजार रुपैयाँ पठाईदिने र पछि विमा वापत कुवेतको श्रम कानून अनुसार कम्तिमा कुवेती दश हजार दिनार प्रतिव्यक्ति दिने मौखिक सहमति भएको हो । त्यस्तै, कामदारहरूलाई मासिक १सय ९० डिनार तलब दिने, हप्ता दिनभित्र भिषा र लाईसेन्स दिने सहमति भएको पीडितले वताएका छन् ।
No comments:
Post a Comment