4/21/2011

कता जालान् अब ल्यारक्याल लामा

विवादमा परेका अर्थ राज्यमन्त्री ल्यारक्याल लामाले आज पदबाट राजीनामा दिएका छन् । आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफूमाथि रहेको विवादको बारेमा छानबीनका लागि सहयोग गर्न राजिनामा दिएको बताए । लामामाथि नेपालसहित विभिन्न तीन देशको नागरिकता लिएको तथा स्वतन्त्र तिब्बत आन्दोलनमा सहभागी भएको आरोप लागेको छ । तर उनले भने त्यसलाई अस्वीकार गर्दै आका छन् । आफ्नो लिखित वक्तव्य पढेर सुनाउँदै पत्रकार सम्मेलनमा लामाले आफूमाथि लागेको आरोप चरित्र हत्या गर्ने प्रयासस्वरुप भएको दाबी पनि गरे ।
लामा राजीनामापछि कहाँ जालान् भन्ने चर्चा यतिखेर व्यापक चलेको छ । केहीले लामा हिमाञ्चल जाने अनुमान गरेका छन् भने केहीले बेइजिङतिर लाग्न सक्ने आशंका गरेका छन् ।

No comments:

Pages