नेपाल प्रहरीका भ्रष्ट अधिकृतहरु शान्ति सुरक्षाभन्दा राजनैतिक दलहरुका नेताहरुको घरमा चाकडी गर्न पुगेका छन। प्रहरी प्रशासन शान्तिसुरक्षा मजवुत पार्नुको प्रहरी चेन अफ कमाण्डका हाकिमहरुका नेताको चाकडी गर्दै आईजिपीका खिलापमा उत्रिएको समाचार प्राप्त भएको छ। समाचार स्रोतले दिएको जानकारी अनुसार उपत्यकाको जिम्मेवारी सम्हालेका एआईजी अर्जुनजंग शाही र किरण गौतम नै आईजीपी रमेश चन्द्र ठकुरीलाई बदनाम गराउदै आफुहरु सक्षम भएको भन्दै बेग्लाबेग्लै शैलीमा थैलीसहित शक्तिकेन्द्र धाउने गरेको स्रोतले बतायो।
सोझा र इमान्दार आइजिपी ठकुरीले प्रहरी प्रशासनको नेतृत्व सम्हाल्न सक्दैनन भन्दै एआइजीहरु आफुनिकटका साथीहरुसँग गफ गर्दै समय बिताउने गरेको समाचार प्राप्त भएको छ। समग्र प्रहरीमा बहालवाला उच्च अधिकृतमा सबैभन्दा भ्रष्ट र स्त्रीलम्पट मानिने गौतमको प्रहरी प्रशासनको इतिहास हेर्दा पैसा कमाउने बाहेक अरु उद्धेश्य भेटिदैन। त्यसो त अन्तराष्ट्रिय यौन व्यवसायीसाग हेटौंडादेखिको सम्बन्ध भएको समेत बताईएको छ। उच्च हेटौंडा प्रहरी प्रशासनमा छदां गाँजा तस्करदेखि गुण्डागर्दीमा संलग्नहरुसंग मिलेमतो गरी पैसा असुल्ने उनको मुख्य उद्धेश्य रहेको एक उच्च प्रहरी अधिकृतले रोडम्याप प्रतिनिधीलाई जानकारी दिए।
प्राय जनताको सेवाभन्दा व्यक्तिगत शुभलाभमा नै रमाउने गौतमले भ्रष्टाचार गरी कमाएको अकुत सम्पति मिनभवनस्थित एक फाइनान्समा समेत शेयर लगानी गरिएको जानकारीमा आएको छ। सरकारी सेवामा कार्यरत रहंदा नाफामुलक कम्पनिमा लगानी गर्न नपाईने नियम भएपनि उनले लगानी गरिरहेका छन। उता पटक पटक कार्यक्षमता नभएको भन्दै कारबाहीमा परेका शाही पनि पैसा कमाउने र संगठन कै बदनाम गर्न अग्रसर छन।
हिजोका दिनमा कांग्रेस नेताहरुको पुच्छर समातेर जागिर बचाँउदै आएका शाही भ्रष्टाचार गरी कमाएको ब्रिफकेश बोकी बाम नेताहरुको शरणमा छन। उता आइजीपि ठकुरीले शान्ति सुरक्षालाई मजबुत पार्ने बिषयमा एआईजीपि शाहीसाग स्पष्टिकरण लिएपछि दुईबिच सम्बन्ध चिसिएको बताइन्छ। |
No comments:
Post a Comment