4/15/2011

रूखलाई साक्षी मानेर एक दर्जन जोडी प्रणय सूत्रमा

सिरहा जिल्लाको सिसवनी गाविसमा प्रत्येक वर्ष वैशाख संक्रान्तिको दिन लाग्ने फूलबारी मेलामा बिहीबार एक दर्जन युवायुवती प्रेमविवाह गरी प्रणय सूत्रमा बाँधिएका छन् । 

इस्वी सन छैटौं सातौं शताब्दीतिर सिरहाको महिसोया राज्यका राजा सलहेस र उनका पि्रयसी कुशमा मालिनीको प्रेम विछोड, समर्पण र वीरताका लागि प्रसिद्ध रहेको सलहेस फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास रहेको छ ।  

"राजा सलहेस र उनकी पि्रयसीको मन्दिरसँगै टाँसिएको हारमको रूखमा राजा सलहेस र मालिनी फूलको माला भएर देखापर्ने भएकाले यस ठाउँमा विवाह गर्दा जुनी-जुनीसम्म प्रेम अमर हुने विश्वासको साथ हामी पनि विवाह गरेका छौँ," प्रणयसुत्रमा बाँधिएका एक दम्पतीले भने । 

राजा सलहेस र उनका पि्रयसी मालिनीको प्रेमविवाह सफल भएकाले दुवै जना त्यहाँ रहेको हारमको रूखमा मालाको रूखमा वैशाख १ गते देखा पर्ने बताइएको छ । रासस

No comments:

Pages