काठमाडौ । मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न चारजना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।सचिवमा बढुवा हुनेहरूमा हरिप्रसाद नेपाल, श्रीधर गौतम, सोमलाल सुवेदी र जयमुकुन्द खनाल हुनुहुन्छ ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमा प्रकाश ज्वालालाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री गङ्गालाल तुलाधरले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।
बैठकले अर्थ सचिव रामेश्वर खनालले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै उहाँले पु¥याउनुभएको सेवालाई धन्यवाद दिने, चिनीको आन्तरिक उत्पादनमा मूल्य अभिवृद्ध करलाई २०६७ माघ १ गतेदेखि लागु हुनेगरी आंशिक कर छुट दिने निर्णयसमेत गरेको छ ।
नेपाल ट्रस्टको आयआर्जन सोही ट्रस्टले खर्च गर्न पाउने, हुलक सेवा विभागको थप सुदृढीकरण गर्न दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा अध्ययन समिति बनाउने, गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा हरिगोविन्द लुइँटेललाई नियुक्ति गर्ने निर्णयसमेत भएको प्रवक्ता तुलाधरले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले प्रधानमन्त्री झलनाथ खनालको शान्ति सुरक्षाको सुदृढ गर्नेसम्बन्धी प्रस्तावलाई पारित गरेको पनि उहाँले जानकारी दिनुभयो ।
बैठकले नवनियुक्त ऊर्जामन्त्री गोकर्ण विष्टमाथि यही चैत २८ गते भएको साङ्घातिक हमलाको बैठकले घोर भत्र्सना गर्दै घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको प्रवक्ता तुलाधरले बताउनुभयो ।
शान्ति सुरक्षा सुदृढ पार्न सरकार प्रतिबद्ध एवम् कटिबद्ध भएको प्रस्तावमा उल्लेख गरिएको र यसलाई सहयोग गर्न आम जनसमुदायसँग बैठकले आग्रहसमेत गरेको उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता तुलाधरले हेटौँडा कपडा उद्योगको भवन र भौतिक सम्पत्ति मूल्याङ्कन गरिएको, शिक्षा सेवा नियमावली संशोधनका लागि अध्ययन गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
No comments:
Post a Comment