नेपाली दूतावास कुवेतमा पाँच दिनदेखि धाईरहेका नयाँ नेपाल क्लबका अध्यक्ष दिलबहादुर पुनलाई दूतावास सचिव पुष्पराज भट्टराईको निर्देशनमा रामचन्द्र सुवेदीले मुक्का बजारेका छन् । पीडित पुनका अनुसार आफ्नो काम लिएर दूतावास पुगेका थिए । उनलाई रामचन्द्रले विवादका बीच मुक्का बजारेर भूईमा ढलाएका थिए ।
रामचन्द्रलाई दूतावासमा सचिबले पूर्वनियोजित ढंगले षडयन्त्रपूर्वक बोलाएको पीडितको दावी छ ।पिटाई खाएपछि पुनले दूतावास सचिबसँग आफूमाथि षडयन्त्रपूर्ण आक्रमण गरेको र त्यसको योजनाकार तपाई नै हो भनी आरोप लगाएका थिए । सचिबले आक्रोशित हुदै के गर्न सक्छस् गरेर देखा म के गर्न सक्छु गरौंला भनेर धम्क्याएका थिए । रिजनल गेटका लागि नेपालबाट ल्याएका ६० कामदारको विषय र विवादसँग गासिएको घटनालाई लिएर एजेन्टलाई कारवाही गर्नुपर्ने ठाउँमा दूतावास सचिब किन नेपाली समाज र त्यसका अगुवामाथि एजेन्टका संरक्षक भएर प्रस्तुत् हुन्छन् भन्ने सवाल सर्वत्र खडा भएको छ ।
No comments:
Post a Comment