काठमाडौ । न्याय परिषद्ले २ जना न्यायाधीशलाई बर्खास्त गर्ने निर्णय गरेको छ । आचरण ठिक नभएको र कार्य क्षमता अभाव भएको भन्दै आज बसेको परिषद्को बैठकले पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश तेजप्रसाद कार्की र पुनरावेदन अदालत पोखराका न्यायाधीश ओमप्रसाद सुवेदीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । बैठकले सर्लाहीका न्यायाधीश विनोद शर्मा, अर्घाखाँचीका अच्युत विष्ट, पर्साका पशुपति आचार्य र जाजरकोटका न्यायाधीश सीताप्रसाद पोखरेल गरी ४ जना न्यायाधीसलाई सचेत गराउने निर्णय पनि गरेको छ । उनीहरुलाई आइन्दा गल्ती नगर्न भन्दै सचेत गराइएको छ ।
No comments:
Post a Comment