इन्धन ढुवानीमा सिण्डिकेट लागू गर्नुपर्ने भन्दै ट्यांकर चालकहरुले सुरु गरेको आन्दोलन आज अपरान्ह्देखि स्थगित गरेका छन् । नेपाल आयल निगम विराटनगरका क्षेत्रीय प्रमुख नभएपछि आन्दोलन स्थगित गरिएको हो । निगमका क्षेत्रीय प्रमुख कार्यालयमा आएपछि वार्ता गर्ने सर्तमा ढुवानी खुलेको र चालकले गाडी चलाएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । गत चार दिनदेखि चालकहरुले अचानक ट्यांकर नचलाउने घोषणा गरेपछि विराटनगर लगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अभाब भएको थियो ।
No comments:
Post a Comment