सन् १९९२ मा १६ वर्ष मात्र टेकेका आइतमान तामाङ विदेश जाने उद्देश्यले आफ्ना दाजुको सहयोगमा २ वर्ष उमेर बढाई राहदानी बनाउन काठमाडौ आए । राहदानी बनाएको केही महिनामै उनी कतारको दोहास्थित एकेसी कम्पनीको सानो तहमा काम गर्न पुगे ।
त्यतिबेला कतारको राजधानी दोहा पुग्दा नेपालीहरूको संख्या थोरै र कतार पनि त्यतिधेरै विकास नभएको ठानेका आइतले उक्त कम्पनीमा ६ वर्षसम्म काम गरे ।
सीपबिना विदेश जाँदा शुरूका दिनहरुमा निकै सघर्ष गर्नु परेको बताउने तामाङ विस्तारै आफूभन्दा जान्ने, सीप भएका विदेशी साथीहरूसँग मिलेर काम सिकेको बताउँछन् । तामाङले आफूभन्दा सीप जानेका साथीहरूलाई अनुरोध गरेर मेकानिकल र कुकसम्बन्धी तालिम पनि लिन सफल भए । विस्तारै उनले आफै गाडी चलाउने र कुक सम्बन्धी निपूर्णता हासिल गरे ।
सन् १९९८ बाट अल दरविस कम्पनीमा काम गर्ने अवसर पाएका तामाङ सन् २००४ मा सधैंका लागि विदेश बसाई त्यागेर नेपाल आएका हुन् । १२ वर्षसम्म विदेशमा हासिल गरेको सीप, दक्षता र अनुभवलाई उनी अहिले सदुपयोग गरिरहेका छन् । विदेशबाट फर्केलगत्तै आइतले आफू जन्मे हुर्केको गाउँ नवलपरासीको सुनवल–८ बैरागनाथमै सानो होटल, बाख्रा र भैसी पालन व्यवसाय सुरु गरे । सानैदेखि समाजसेवाप्रतिको आफ्नो रुचीका कारण सामाजिक कार्यमा संलग्न हुँदाहुँदै आफ्नो पेसामा चाहेजति समय दिनै सकेनन् । अर्कातिर यो क्षेत्र उनका लागि नयाँ थियो । विदेशमा प्राप्त अनुभव यहाँ ठ्याक्कै लागु हुँदैन थियो । त्यसमा पनि व्यवसाय र सामाजिक कार्य एकसाथ अघि बढाउँदा उनले व्यवसायिक सफलता हासिल गर्न सकेनन् ।
सामाजिक कामकै सिलसिलामा उनले आफनो गाउँमा भारतीय र नेपाली सेना, वैदेशिक रोजगारमा गएका गाउँले दाजुभाईलगायतको सहयोमा गुम्बा निर्माण गरेका छन् । त्यस्तै गाउँमा बाटोघाटो निर्माण, विद्यालय तथा विकासका पूर्वाधार निर्माणमा सक्रिय रहे ।
सामाजिक काममा सक्रिय रहँदा आफूले सुरु गरेको व्यवसाय सफल हुन नसकेपछि उनले विदेशमा हासिल गरेको अनुभव व्यवहारमा उतार्न गाउँको सबै श्रीसम्पत्ति बेचेर बुटबलमा होटल खोल्ने निर्णय गरेको उनी बताउँछन् । उनले बुटवलमा मोहिनी होटल संचालन गरे । विदेशको सीप स्वदेशमा प्रयोग गर्दा भने तामाङले सफलता हात पारे । उनी भन्छन्, अहिले म पूर्णरूपमा आफ्नो पेशामा सक्रिय छु । मेरो होटल आउने ग्राहकहरु निकै सन्तुष्ट छन् र पुरानो ग्राहकलाई सेवा दिंदैमा म व्यस्त छु । विगत ४ वर्षदेखि उनले बुटवल बसपार्कमा होटल व्यवसाय चलाइरहेका छन । ‘वास्तवमा मैले विदेशमा जे सिकेँ र अनुभव संगाले त्यसैको आधारमा अहिले आफ्नो व्यवसाय अगाडि बढाइरहेको छु’ उनले भने । उनले होटल सञ्चालन गरेको तीन वर्ष पुरा भइसकेको छ।
तामाङले होटल व्यवसायमा मात्र सफलता हात पारेका छैनन् । दुइटा सवारी साधनको मालिकसमेत बनिसकेका छन् । तामाङ अहिले आफ्ना ग्राहकका लागि आफ्नै गाडीमा पर्यटकीय स्थलहरुको भ्रमणमा लैजान्छन् । उनले अहिले होटलमार्फत दिएको सेवा र पर्यटकहरुलाई देशका सुन्दर स्थानहरुको भ्रमण गराएर सबैतिरको स्वाबाासीसमेत पाउने गरेका छन् ।
कलिलो उमेरमै कतारको दोहा पुगेका आइतले आज जे जति प्रगति गरेका छन् त्यो सबै देन विदेशमा गरेको दुःख र सिकेको सीप नै हो भन्ने ठान्छन् उनी । विदेश पुगेपछि साथीभाईसँग गरिने व्यवहार, समयको महत्व, कामको व्यवस्थापन, आफूभन्दा ठूलालाई दिनुपर्ने सम्मानजस्ता धेरै व्यवहारिक ज्ञान प्राप्त गरेको उनको ठम्याई छ ।

No comments:
Post a Comment