सर्लाहीका उखु किसानहरुले तोकिएको मुल्य प्राप्त गर्न फेरी आन्दोलन गर्ने निर्णय गरेका छन । आज हरिवन गाविसमा वसेको उखु किसान संयुक्त संघर्ष समितीले यस्तो निर्णय गरेको हो । लामो आन्दोलन पछि उखुको मूल्य प्रति क्वीन्टल चार सय १
कायम गर्न सफल भएका उखु किसानले तोके अनुसारको भुक्तानी नपाएपछि फेरी आन्दोलन थाल्ने भएका हुन् । बैठकले नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिल मुनि मैनालीको अध्यक्षतामा सात सदस्यीय संघर्ष समिति गठन गरेको छ । समितिमा मिलगेट उखु उत्पादक संघका अध्यक्ष वेद वहादुर वुढाथोकी, नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेती, किसान हक हित संरक्षण समितिका कोकिलानन्द उप्रेती, उखु उत्पादक संघका केष्ण बहादुर खड्का, अगुवा किसान डिल्ली प्रसाद उप्रेती एवं कमल बुढाथोकी हुनुहुन्छ । केही समय अघि सरकार, चिनी उद्योगी र उखु किसानका प्रतिनिधीबीच भएको वार्तामा सरकारले चिनीमा उद्योगीहरुलाई ७० प्रतिशत भ्याट छुट गर्ने शर्तमा प्रतिक्वीन्टल उखुको मूल्य ४०१ रुपैयाँ दिने सहमती भए पनि कार्यान्वयन हुन सकेको छैन ।
No comments:
Post a Comment