नेपाल फर्कनको लागि ओमानी जेलमा परेकी महिला संसारे १९, झापाकी गोमा राई नेपाल फर्केकी छन् । मे २००९ देखि ओमानको राजधानी मस्कटमा काम गर्दै आएकी राई बिगत ५ महिनादेखि बिचल्लीमा परेकी थिइन् । उनीसँगै एकै परिवारमा कार्यरत अर्की टिकीसरि पुनसँग उनी पनि थुनामा परेकी थिईन्, टिकीसरीलाई भने १४ दिन पहिला नै छोडिएको थियो ।
घर छोडी भागेको आरोपमा उनीहरु थुनामा परेका थिए । दुबैले एकै परिवारमा काम गरेकाले उनको स्पोन्सरले पालैपालो निकालेको हो । दुबैलाई गोमा पुनले फेला पारी उनको उद्धारको लागि पहल गरेकी थिइन् । राईको ३५ दिनको जेलको खर्च, एअरलाइन्स टिकट र जुर्मानाको खर्च उक्त स्पोन्सरले नै बेहोरेको जानकारी पुनले दिएकी छन् । यसैबीच गत साता तुलसा देवी पनि नेपाल फर्ककी छन् । ओमानमा चोरीको आरोपमा परेकी तुलसालाई १० बर्षको जेल सजाय तोकिएको थियो तर आरोप प्रमाणित हुन नसकेपछि उनी एक बर्ष २ महिनामै छुटिन् । अझै पनि ओमानमा धेरै महिलाहरु अलग– अलग ठाउँमा बिचल्लीमा छन् । काउन्सिलिङ सेवा नहुँदा धेरै नेपाली महिलाहरुको हालत बिग्रिदै गएको छ ।
No comments:
Post a Comment