4/16/2011

डिजिटल नम्बर हटाउने अभियान

चितवन । सवारीसाधनमा डिजिटल नम्बर प्लेट हटाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । टल्किने र स्पष्ट नदेखिने भएका कारण आपराधिक क्रियाकलाप बढेको भन्दै कार्यालयले डिजिटल नम्बर प्लेट हटाउन लागेको हो । डिजिटल नम्बर प्लेट नभएका र मोटरसाइकल परिवर्तन नगरिएका मोटरसाइकल चालकलाई विशेष पास दिने गरेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दैनिक १०० देखि १५० मोटरसाइकल चालकले यस्तो पास बनाउने गरेको प्रहरी नायब निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । त्यस्तै कार्यालयले दैनिक सवारीसाधन जाँचको क्रममा अघिल्लो महिनामा एक लाख २५ हजार २५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम पालना नगर्ने एक हजार २३० वटा सवारीसाधनका चालकको कारबाहीबाट सो रकम सङ्कलन भएको हो ।

No comments:

Pages