म्याग्दी । म्याग्दीको दाना गाविसमा गत चैत १ गते भएको आगलागीबाट पीडित बनेकालाई विदेशमा रहेका विभिन्न संस्थाले रातह उपलब्ध गराएका छन् । फ्रेन्डली ब्रदर्स युके, फ्रेन्डली ब्रदर्स पोर्चुगल, मोना युके र मोना पोर्चुगलले दाना ३ र ४ नं वडाका आगलागी पीडितलाई एकमुष्टरुपमा उपलब्ध गराएको राहत रकम शुक्रबार मोना युकेका प्रतिनिधि योगेन्द्र केसीले वितरण गर्नुभयो ।
ती संस्थाले दाना–३ थाडाका टेकबहादुर थापालगायत १७ घरपरिवारलाई प्रतिपरिवार रु १५ हजारका दरले राहत वितरण गरेको हो । यसैगरी सोही दिनको हावाहुरीले क्षति पुगेको दाना–३ मा रहेको जनकल्याण बालविकास केन्द्रको भवन मर्मतका लागि रु १३ हजार विद्यालयलाई उपलब्ध गराएको केसीले बताउनुभयो ।
No comments:
Post a Comment