क्वालालम्पुर । गाउँले एजेन्ट गोपाल बिकले बोलाएपछि माछा कम्पनीमा काम गर्न मलेसिया आएका हेमप्रसाद बिक, जितमान सेपार्ली, सुवास बिक प्युठानका गिर्माणसिँह गुरुङ र दाङका यमबहादुर राना पाच दिनपछि एरपोर्टबाट बाहरिएका छन् । उनीहरु कुन म्यानपावरबाट मलेसिया आईपुगेका हुन खुल्न सकेको छैन ।
आफुहरु कुनै म्यानपावर एजेन्सी मार्फत नभई मलेसियामा रहेका एजेन्ट गोपाल बिक र होमलालले खाने, बस्ने सुबीधा सहित मलेसियन एक हजार रिडंगेट तलब दिने भनी सिधै भिषा पठाएपछि आएको हौं, सुवास बिकले मलेसिया पुगेको पाँच दिनपछि एरपोर्टबाट फोन सम्पर्कमा बताए ।भोकभोकै पाँच दिनसम्म बिमानस्थल बसेका रानाले भने, ‘हामीहरुसँग न त खाना खाने पैसा छ न त खाना नै । ट्वाईलेटको पानी पिइरहेका छौ, भोकै बसेको पाँच दिन भैसक्यो । एजेन्टले बिमानस्थल आईपुगेको दिनदेखि लिन आउँछौ भनीरहेका छन् तर आजसम्म आएका छैनन् ।’
पीडितहरु फोन सम्पर्कमा आएकै दिन क्वालालम्पुरमा रहेको दूतावासले ऐजेन्टलाई बिमानस्थलबाट छिटो बाहिर निकाल्न दवाब दिएपछि एजेन्टले बिमानस्थलबाट निकालेर भनेको काम कम्पनी र ठाँउमा लगेर कवाडी कम्पनीमा ४ सय ६८ रिडंगेटमा काम गर्न लगाईएको छ । बिकले भने– हामीलाई माछा पोका पार्ने काममा खाना बस्न सहित मासिक १ हजार रिडंगेट दिने भनेर बोलाईएको हो । अहिले मासिक ४ सय ६८ रिडंगेटमा फोहोरको थुप्रोमा कवाडीको काम गरे गर, नगरै जेसुकै गर भनेर धम्काई रहेका छन् ।
मलेसिया जाने कामदारबाट म्यानवावर एजेन्सीले शुल्क बापत ८० हजार लिन पाउने र तोकिएकोभन्दा धेरै लिएको पाईएमा कानुनी कारवाही गरिने व्यवस्था गरे पनि गोपाल बिकले प्युठानका गिर्माण सिँह गुरुङ र दाङका यमनबहादुर रानाबाट १ लाख २० हजार जनही लिएका छन् । अर्का सुवास बिकबाट १ लाख, हेम प्रसाद बिक र जितमान सेपार्लीबाट ८५ हजार लिएको पीडितहरु बताउँछन् ।
No comments:
Post a Comment