ईश्वर दाहाल÷दोहा– कतारबाट नेपाल भित्रिने पर्यटकहरूको संख्यामा कमी आएको छ । नेपाल पर्यटन वर्षको शुरुवाती तीन महिनाको तथ्याङ्क त्यति सन्तोषजनक देखिदैन । पछिल्लो महिना मार्चमा नेपाल भित्रिने पर्यटकहरूको संख्या घटेर २९ आईपुगेको छ ।
यस अघि फेब्रुअरीमा ५२ जना तथा जनवारीमा ६१ जना पर्यटकहरू कतारबाट भिजिट भिषा लिएर नेपाल भित्रिएका थिए । कतारमा बढ्दो गर्मीको शुरुवातसँगै नेपाल जाने पर्यटकको संख्या वृद्धि नहुनुको पछाडि प्रचुरमात्रमा प्रचारप्रसार हुन नसक्नुलाई मान्ने गरिएको छ ।
यसैविच, नेपाली नियोगले विभिन्न किसिमका प्रचार अभियान चलाई रहेको जानकारी गराएको छ । दुतावासले प्रयास गर्दै आएकोमा कतारवासी आमनेपालीजनले ऐक्यबद्वता जनाउँदै आएका छन् तर, सन्ध्या गु्रप अलखोरले पर्यटन वर्षको ¥याली निकाल्नु भन्दा बाहेक अन्य संघसंस्था या जनमानसको तर्फबाट प्रत्यक्ष भूमिका निर्वाह भएको देखिदैन ।
प्रचार प्रसारलाई तिव्ररुमा अगाडि बढाउन नसक्नुको मुख्य कारण देशको राजनीतिक अन्यौलता भएको समाजका अगुवाहरू बताउँछन । हामीले सोचे जस्तो नेपाल हुन सकेन भन्दै उनीहरूले गुनासो पोखेका छन् । ‘यहाँबाट पर्यटकलाई नेपालबारे वयान गरेर पठायो नेपालबाट फर्किएपछि दिक्दारीका कुराहरू सुनाउँछन’ प्राकृतिक सुन्दरता हेर्नको लागि मात्रै जोखिम मोलेर नेपाल जान नसकिने नेपालबाट फर्कनेहरूले बताउने गरेको सुनाउँदै एक अगुवाले नाम उल्लेख नगर्न आग्रहसहित अन्यौल ब्यक्त गरे– ‘यस्तो अवस्थामा खै कसरी पर्यटन प्रर्वद्धन गर्ने हो ।’
‘देशमा विजुली छैन शहरमा पानी छैन, यातायात र वायुसेवाको कुनै निश्चिता हुँदैन, शान्ति सुरक्षा कति बेला के हुने हो भन्न सक्ने अवस्था छैन’ उनले थपे– ‘सरकारलाई नै भ्रमणवर्ष बारेमा कुनै चिन्ता नभएपछि नागरिकहरूले मात्रै मरिमेटेर पार लाग्दैन ।’
No comments:
Post a Comment