4/10/2011

ठग इन्टरनेट साहुहरूको कर्तुत अपराधबाट उन्मुक्ति पाउन नाटक

चैत ३ गते क्षेत्रपाटी, वनस्थली र धोबिचौरबाट कल बाइपासमा प्रयोग हुने सामाग्रीसहित पक्राउ परेका ३ चिनियाँ नागरिकको बयानमा सुबिसु र वल्र्डलिङ्क समेत परेपछि प्रहरीले दुवै कम्पनीका मालिकहरूलाई खोजी सूचीमा राखेको छ । प्रहरीले खोजी सूचिमा राखेपछि वल्र्डलिङ्कका प्रमुख दीलिप अग्रवाल र सुबिसुका सुधिर पराजुली फरार छन् । ठूलो इन्टरनेट सेवा कम्पनी वल्र्डलिंकका अग्रवाल र सुबिसुका पराजुलीलाई समात्न महानगरीय प्रहरी परिसर काठमाडौंले टोली परिचालन गरेपछि तिल्मिलाएका व्यापारीले आफ्नो संस्था आइस्पानमार्फत इन्टरनेट सेवा अवरुद्ध पारेर संविधान प्रदत्त अधिकार उलंघन गरेका हुन् । ‘अनुसर्धानमा वल्र्डलिंक र सुबिसुको सोझो संलग्नता देखिएकाले मुद्दा प्रक्रिया अघि बढाएका छौं’, अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा माइसंसारसँग भने– ‘दुवै कम्पनीका सञ्चालक फरार छन् ।’ सर्वसाधारणलाई हेपेर इन्टरनेट सेवा कटौती गरे पनि मोटो रकम आउने पाँच तारे होटल र बैंकहरूमा भने सेवा अवरुद्ध पारिएको थिएन ।

यसअघि वल्र्ड लिंकले नै प्राविधिक सहयोग दिएको नाम्चे वल्र्डका श्रिश कर्माचार्य मर्कण्टायलका सञ्जीवराज भण्डारी र राजीवराज भण्डारी र चेरी वल्र्डका दिनेश रजक, कुमार व्यन्जनकार र रोशन कार्की तथा आइप्लसका निलेशरत्न स्थापितलाई कलबाइपासमा संलग्न रहेको भन्दै प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको थियो । काठमाडौं परिसरले पुस १२ गते पक्राउ परेका नेपाली र बंगलादेशी नागरिकको बयानको आधारमा आइएसपी सञ्चालकहरूलाई प्रतिवादी बनाएर मुद्दा अगाडि बढाए पनि जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले मुद्दाको अनुसन्धान प्रतिवेदन र अभियोगपत्र संशोधन गर्दै उनीहरूलाई उन्मुक्ति दिएको थियो । जिल्ला न्यायाधिवक्ता बद्रि वलीले मुद्दा चलाउन ‘आवश्यक नभएको’ निर्णय गरेपछि प्रहरीको वान्टेड सूचिमा रहेका आइएस्पी सञ्चालकले उन्मुक्ति पाएका थिए । अहिले फेरि अर्को अनुसन्धानले इन्टरनेट सेवा वल्र्डलिंक र सुबिसु तानिएपछि इन्टरनेट व्यवासयीले कारवाही उन्मुक्तिका लागि आन्दोलन थालेका हुन् । उपभोक्ताले लिएको इन्टरनेट कुन प्रयोजनमा प्रयोग गरिरहेको छ भन्ने कुरा आइएस्पीको मल्टी राउटर ट्राफिक ग्राफद्वारा थाहा पाउँछन् । सामान्य इन्टरनेट उपभोक्ताको ग्राफ बराबर हुँदैन । कल बाइपासमा प्रयोग भएको इन्टरनेट अकाउन्टको मल्टी राउटर ग्राफ अपलिंक र डाउनलिंक बराबर हुने गर्छ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू यस्तो ग्राफबाट सहजै कल बाइपासमा संलग्नको पहिचान हुने बताउँछन् । ‘तर आइएस्पीहरूले उल्टो बाइपास गर्नेलाई संरक्षण दिएको पाइएपछि काराबही अघि बढाएका हौं’, प्रहरी अधिकारीले भने । दूरसञ्चार ऐन २०५३ अनुसार यसरी कल बाइपास गर्नेहरूलाई बिगोअनुसारको जरिवाना र पाँच वर्षसम्म कैद सजाय हुन्छ । इन्टरनेट व्यवसायका ठूलो सञ्जाल भएको वल्र्डलिंकका अग्रवाल र पराजुलीलाई प्रहरीले जेल परिचालनको ढोका खोल्न लागेको बुझेपछि प्रहरी अनुसन्धान रोक्न आइतबार इन्टरनेट सेवा बन्द गरिएको हो । स्मरण रहोस्, सामान्य रूपमा बुझिने भीओआइपी र कल बाइपास फरक कुरा हुन् । इन्टरनेटबाट फोन गर्न भीओआइपीले नेपालमा कानुनी अनुमति पाइसकेको छ । अहिलेको कल बाइपास भनेको अवैध हो र दुनियाँको कुनै पनि देशमा यसलाई अवैध नै मानिन्छ । विदेशबाट आएको कललाई दूरसञ्चार कम्पनीहरूले सर्किट स्वीच प्रविधिको गेट–वेमार्फत अन्तर्राष्ट्रिय कल भित्र्याउन भू–उपग्रह (स्याटलाइट) र अप्टिकल फाइबर प्रयोग गर्छन् । तर, कल बाइपासका ठगहरूले दूरसञ्चार कम्पनीहरू कै नेटवर्क प्रयोग गरेर भइरहेको कल बाइपास गरी भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) प्रविधिबाट हुन्छ । यसो गर्नेहरूले इन्टरनेट सेवा प्रदायक (आइएसपी) इन्टरनेट साहुहरूलाई डाटा स्थानान्तरण गर्न अनुमति दिइएको भि–स्याटको अनधिकृत प्रयोग गरिरहेका छन् । उनीहरू विदेशबाट आउने कललाई भि–स्याटमार्फत वैधानिक गेट–वेमा नभई इन्टरनेटमा जोडिने भीओआईपी उपकरणमा ल्याउँछन् र त्यसमा जोडिएको दूरसञ्चार कम्पनीको टेलिफोन लाइन या मोबाइल सिमकार्ड मार्फत ग्राहकको टेलिफोनमा पुयाउँछन् । यस्तो फोन आउँदा ग्राहकको फोन सेटमा विदेशको नभई स्थानीय नम्बर देखिन्छ ।

No comments:

Pages