कुबेतको फर्वानिया अस्पताल बिगत लामो समयदेखी कोमामा रहेकी शान्ती माया दोङलाई दुताबासले छिट्टै नेपाल लैजाने तयारी गरी रहेको छ ।
शान्ती माया दोङलाई भरसक छिटो भन्दा छिटो हामीले जिबितै नेपाल पुर्याउने तयार गरी रहेका छौ राजदुत मधुबन पौडेलले भेटमा खुलस्त पार्नु भयो । एक नेपाली चेलीको उद्दारका लागि अन्तरास्टिय रुपमै चर्चा चल्न थाले पछी दुताबासलाई पनि बेला बेलामा दबाब आउने कारणले गर्दा राजदुतले पनि यस बिषयलाई गम्भिर रुपमा नेपालका अस्पातलहरुसँग अन्तरकृया गरी संपर्क गरी रहनु भएको थियो ।दुई महिना अगाडि नेपालको पुरानो सरकारी अस्पातल वीर अस्पातलले हचुवाको भरमा शान्ती माया दोङको सम्पूर्ण जिम्मेवारी लिने भनी दुताबासलाई पत्र पठाएकोमा अन्तत कार्यन्वयन गर्न नसके पछी हामीले अन्य अस्पातलहरुसँग सहकार्यका लागि नियमित रुपमा पत्र पठायौ, अस्पातलको खोजी गर्दै गयौ अन्तमा पाटन अस्पातलले शान्ती मायालाई लिने निर्णय गर्यो राजदुत पौडेलले थप्नु भयो । पाटन अस्पातलले उनलाई लिने स्वीक्रिती पत्र त पठाइ सकेको छ अब उनलाई कुबेतको फर्वानिय अस्पातलमा जुन सुबिधा दिएर बचाइ राखेको छ् त्यो दिएर जिबित राख्न सक्ने सपूर्ण ग्यारेन्टी लिएर पत्र पठाउना साथ दुई पक्षिय सल्लाह मिल्नासाथ हामीले दुताबासका कर्मचारीको साथमा उनलाई नेपाल पुर्याउने छौ उहाले प्रस्ट पार्नु भयो ।
शान्ती माया दोङलाई जातिय हिसाबले भेद भाब गरी लामो समय देखी उद्दार नगरिएको भन्ने कुरा एनआरएनएको केन्द्रले यस बिषयलाई इस्सु बनाएर संसारभरका नेपालीहरुलाई सहयोग गर्न उर्दी गरेको केही समय बित्दा नबित्दै एकाएक दुताबासबाट यो निर्णय आएको हो ।
घरेलु कामदारको रुपमा पाच बर्ष अगाडि कुबेत छिरेकी शान्ती माया अवस्थाका बारेमा सुनेर अबिभाबकहरु उनलाई हेर्न ब्याकुल छन। कुबेतबाट बिभिन्न ब्यक्तित्वहरु उनको घर हेटौंडा गएर छोरीको अवस्थाका बारेमा बेला(बेलामा अबगत गराइ आर्थिक सहयोग सहित छिट्टै नेपाल ल्याइदिने आस्वसन दिएर आएका छन । उनको अबस्था निकै नाजुक छ अस्पातलमा कुनै नेपाली भेट्न जादा उनी लजाएर आफ्नो अनुहारलाई गम्साले छोप्ने प्रयास गर्छिन । कुनै पनि ठोस पदार्थ खान सक्दिन उनलाई पाइपको माध्यमबाट तरल बस्तु खुवाएर बचाइ राखिएको छ । नियमित रुपमा चिकीत्सकको निगरानीमा राखिएका कारण नेपाल लैजाने बखत पनि डाक्टर वा उनको समस्याको बारेमा पूर्ण ज्ञान भएको नर्स साथमा जानु पर्ने अनिबार्य छ ।
कुबेतको चिकीत्सक टोली गएर उनको अबस्थाको बारेमा नेपाली चिकीत्सकलाई पूर्ण रुपमा अबगत गराइ फाहिलहरु हस्तान्तरण गर्नु पर्ने हुन्छ साथमा उनलाई कुबेतको अस्पातलले सुबिधा दिएर जुन रुपमा बचाइ राखेको थियो त्यो पुगेको छ या छैन सो पनि चेक जाच हुने जानकारहरु बताउछन ।
शान्ती माया दोङलाई उद्दार गर्ने भनी कुबेतका बिभिन्न संघ सस्थाहरुले लाखौं रुपैया उठाएर त्यतिकै थाती राखेका छन । शान्ती माया दोङलाई उद्दार गर्न पैसाले मात्र हुँदैन कुटनैतीक पहल पनि हुनु जरुरी छ उनको अवस्था अरुको अवस्थासँग दाज्न मील्दैन अर्का जानकार आक्रोशित तबरमा भन्छन । यदी दुताबासले शान्ती माया दोङलाई उद्दार गर्ने काममा सफल हुन्छ भने हामीले उसको सरहना गर्नु पर्छ उसको कुटनैतीक पक्षलाई मान्नु पर्छ उनले थपे ।
आरबि बुढाथोकी
No comments:
Post a Comment