8/02/2011

एनआरएन अध्यक्ष उम्मेदवारको प्रेस विज्ञप्ति

चर्चित ढुङ्गेल
विश्वका कुनाकुनामा बसेर टपरा र दुनामा खाने नेपालीको संख्यामा दिन दुगुना र रात चौगुना बढेर गएकाले कसैले यो गैर आवासीय नेपालीको हिरो हुने सोच बनाएको हो र नेपालका खोँचखोँचबाट आएका सोझासिधा तपाईँहामीजस्ता साधु नेपालीलाई काबुमा पारेर केटाकेटीमा अलि ठूलाहरुले हावुको डर देखाएजस्तै गरी डस्ने, उपल्लो कोटीको नेपाली भएँ भनेर स्वनामधन्य
हुने र रजगज्ज गरेर बस्ने मनसायले यो संघको स्थापना गरेको कुरोमा दुई मत छैन, हदै भए चार मत होला। तपाईँहरुलाई विदितै छ यो संघ आफ्नै देशमा कहीँकतै दर्ता छैन। नेपालमा नाम निसान नभएको यस्तो महान संघको अन्तर्राष्ट्रिय अध्यक्ष हुन पाउनु राँगोले पाडो पाउनु र सरकारका तर्फबाट सामान्य नेपालीले प्राडो पाउनु उस्तैउस्तै हो– हात्ती र हात्तीछाप चप्पल जस्तै। अर्को महान उपलब्धि भनेको यो संघको चुनाउ नेपालमा हुनु पनि हो। जहाँ दर्तासम्म छैन त्यहाँ गएर भोट हाल्नुपर्ने यो महान अभियानको म घोर प्रशंसा गर्न चाहन्छु। आजको इन्टरनेटको जमानामा पनि नेता चुन्ने चुनाउ जस्तो तत् ठाउँमा गएर हाल्नुपर्ने भोटको महत्व ज्वाइँलाई मेजमान जत्तिकै महत्वको छ। त्यसैले मैले यो थोत्रो कम्प्युटर फुटाएर कचडामा हाल्दिने र इन्टरनेटको तार चुँडाएर स्वदेशमा बाख्रा बाँध्न पठाइदिने निधो गरेको छु।
आजको यो समय कालगतिले राँगो मर्दादेखि अधोगतिले बसाईँ सर्दासम्म, पानी नपरेर खेत बाँझै हुँदादेखि बानी नपरेर स्वास्नीको पेट बाँझै हुँदासम्म, छोरी पोइला जाँदादेखि बाहुनले छोइला खाँदासम्म, छिमेकीले हकारेकोदेखि ममबाजले डकारेकोसम्म, पत्रकार कुट्नेदेखि विश्वबैँक लुट्नेसम्मका घटना र यस्ता घटनाका जन्मदाताले प्रेस विज्ञप्ति निकाल्ने समय हो। त्यति मात्र कहाँ हो र१ अचेल त सुडान घोटालाका नायकदेखि खलनायकसम्म, नक्कली भ्याट बिल प्रयोग गरी भन्सार छल्नेदेखि रुबेल चौधरीले कमाकोमा जल्नेसम्म, नेता, अभिनेता, कानुनविद, पत्रकार, नागरिक समाज, मानव अधिकारवादी, अरौटे, भरौटे, कुरौटे, हर्ताकर्ता, कार्यकर्ता, डन, गुप्तचरी, बलात्कारी र भातको भकारीसम्मले प्रेस विज्ञप्ति निकाल्ने जमाना आयो। प्रेस विज्ञप्ति बिनाको जीवनको कल्पनासम्म पनि गर्दा अर्को प्रेस विज्ञप्ति निकाल्नु पर्ने हुनआउँछ। त्यसैले हरेक नेपालीलाई प्रेस विज्ञप्तिको महत्व घ्याम्पेलाई जाँड जत्तिकै हो।
यो मन पनि विचित्रकै हुँदोरहेछ। अरुहरुकै जस्तो आज मलाई पनि यो मनले प्रेस विज्ञप्ति निकाल्न हुकुम दियो। रोल्पा र रुकुमबाट थालेको माओवादी जनरधन युद्ध९नेपालकै धनी पार्टी भएकाले० सफल भएपछि मलाई पनि र बाटै उठेको रेगिस्तानबाट रवाफिलो प्रेस विज्ञप्ति निकाल्न मन लागेको हो। तर के विषयमा निकाल्ने त प्रेस विज्ञप्तिरु यसो सोच्दा असारमासे आकाशमा चट्ट्याङ गर्जनुअघि बिजुलीको झड्काले छिमेकी खड्काको घर हाने जस्तै दिमागको दैलोमा ढ्याक्क हान्यो र दिमागले दिलमा आन्द्रावाणी गर्‍यो— आसन्न गैर आवासीय नेपाली संघ–अन्तर्राष्ट्रिय समन्वय परिषद्को कुनै हुकुमी पदको चुनाउमा भाग लिनका लागि उमेद्वारी दिएको विषयमा ठोक्दे केटा।
ठोक्न त ठोक्ने तर कुन पदका लागि ठोक्ने भन्ने अन्योलमा परेको छु। तर बाउ धामी भएकाले बाउको बिँडो थाम्नलाई जोखाना हेरेर ल्याउँदा र भात खाने थाललाई ढ्याङ्ग्रो मानेर ठटाउँदा अध्यक्षकै पदका लागि उमेद्वारी हान्ने सुर कसेँ र बसेँ प्रेस विज्ञप्ति लेख्न। मेरो प्रेस विज्ञप्ति यस प्रकार छः
आदरणीयरअनादरणीय गैर आवासीय नेपाली हजुरबा–हजुरआमा, बुवा–आमा, काका–काकी, दाजु–भाउजु, दिदी–भिनाजु, भाइ–बुहारी, बहिनी–ज्वाईँ, मामा–माइजु, ससुरा–सासु, जेठीसासु–साली, साला अनुहारका मात्र हैन मनका पनि काला, मेरा कट्टर दुश्मन, सहोदर जार, खोइरो खनुवा र मेरो उछित्तो काड्ने परिचित तथा अपरिचित छरछिमेकी, इष्टमित्र, कुलकुटुम्भ, नातागोता र मलाई गोता ख्वाउने र रुवाउनेहरु
विश्वका कुनाकुनामा बसेर टपरा र दुनामा खाने नेपालीको संख्यामा दिन दुगुना र रात चौगुना बढेर गएकाले कसैले यो गैर आवासीय नेपालीको हिरो हुने सोच बनाएको हो र नेपालका खोँचखोँचबाट आएका सोझासिधा तपाईँहामीजस्ता साधु नेपालीलाई काबुमा पारेर केटाकेटीमा अलि ठूलाहरुले हावुको डर देखाएजस्तै गरी डस्ने, उपल्लो कोटीको नेपाली भएँ भनेर स्वनामधन्य हुने र रजगज्ज गरेर बस्ने मनसायले यो संघको स्थापना गरेको कुरोमा दुई मत छैन, हदै भए चार मत होला। तपाईँहरुलाई विदितै छ यो संघ आफ्नै देशमा कहीँकतै दर्ता छैन। नेपालमा नाम निसान नभएको यस्तो महान संघको अन्तर्राष्ट्रिय अध्यक्ष हुन पाउनु राँगोले पाडो पाउनु र सरकारका तर्फबाट सामान्य नेपालीले प्राडो पाउनु उस्तैउस्तै हो– हात्ती र हात्तीछाप चप्पल जस्तै। अर्को महान उपलब्धि भनेको यो संघको चुनाउ नेपालमा हुनु पनि हो। जहाँ दर्तासम्म छैन त्यहाँ गएर भोट हाल्नुपर्ने यो महान अभियानको म घोर प्रशंसा गर्न चाहन्छु। आजको इन्टरनेटको जमानामा पनि नेता चुन्ने चुनाउ जस्तो तत् ठाउँमा गएर हाल्नुपर्ने भोटको महत्व ज्वाइँलाई मेजमान जत्तिकै महत्वको छ। त्यसैले मैले यो थोत्रो कम्प्युटर फुटाएर कचडामा हाल्दिने र इन्टरनेटको तार चुँडाएर स्वदेशमा बाख्रा बाँध्न पठाइदिने निधो गरेको छु।
अध्यक्षमा मेरो उम्मेद्वारी किन ?
विगत लामो समयदेखि नेपाली श्रमिकहरुलाई कपाली तमसुक गराएर विश्वका विभिन्न देशहरुमा कमिसनमा बेचेर बटुलेको ठग्ने अभियानको अनुभवलाई अझ बढी नेपाली श्रमिक ठग्न उपयोगी हुने देखिएकाले मैले अध्यक्षमा आफ्नो नाम प्रस्ताव गरेको हुँ। त्यसैगरी भाषण गर्दा श्रमिककै हितमा मात्र बोल्ने र ब्यवहारमा पनि श्रमिकलाई कसरी बढी भन्दा बढी विदेश ल्याउने र कमिशन पड्काउने चिन्तामा डुब्ने भएकाले पनि मेरो उम्मेद्वारी सार्थक हो। सानदार होटलमा पत्रकार सम्मेलन गर्ने रकम मैले श्रमिकको हकहितमा खर्चेको भए तपाईँले मलाई नमागिकनै भोट दिनुहुन्थ्यो होला तर बेलामा बुद्धिको बिर्को नखुलेकाले आज भोट माग्नु परेको हो। यो कुरो त सर्वविदितै हो नि१ यसैगरी लामो समयसम्म यो संघका विभिन्न खटनकारी पदमा रहेर पुर्‍याएको योगदानको हरहिसाबले हेर्ने हो भने पनि मेरो उम्मेद्वारी अपरीहार्य भएको हो। पहिले नेपाली श्रमिकलाई अलपत्र पार्ने र पछि अलकत्रे इज्जतमा सेतो पालिस लाउन ‘आफैँ धामी, आफैँ बोक्सी’ शैलीमा फिर्ती टिकट, आर्थिक सहयोग गर्ने मेरो परोपकारी मनलाई मै आफुले दक्षिण फर्केर नमन गर्नु पर्ने भएको हो।
यसउसले पनि मेरो उम्मेद्वारीको तपाईँले हार्दिक सदासयताले स्वागत गर्दै मेरै नाममा भोट खसाल्नु अनिवार्य छ। अर्को भन्न नछोड्ने भनाइ के हो भने सयौँलाई मैले मेरै खर्चले पार्षद् बनाएको छु र भोट हाल्न जाँदा पनि टिकट हाल्दिने भएको छु। म अध्यक्ष भएँ भने यो संघलाई विगतका अध्यक्षले झैँ नेपालमा दर्ता गर्ने कुरोलाई अगाडि बढाउने छु। यसो गर्दा यसले म्यानपावरकै जस्तो कार्य गर्न सक्दछ। म अध्यक्ष भएपछि अघिल्ला कार्यसमितिले गरेका सबै खुराफाती निर्णयको कार्यान्वयन गर्नेछु। विश्वमा नेपाली पुगेका सबै देशहरुमा यो संघको डेस्क बनाउने छु। नामैले पनि त्यहाँ समस्या लिएर आउने श्रमिक बस्ने बेञ्च हुने छैन, मात्र डेस्क हुनेछ र त्यो डेस्क पछाडि म र हामीजस्ता मान्छे बस्ने कुर्सी हुनेछ। यस्तो महान कार्य गर्ने म अध्यक्ष नभए बिर्खेको बाउ हर्के अध्यक्ष हुन्छ त१ खुरुक्क लाएर तपाईँ मलाई भोट दिनुहोस्, म तपाईँलाई बरु नोट दिउँला। मेरो विजय होस्, तपाईँको जय होस्

No comments:

Pages