गैर आवासीय नेपाली संघ, साउदी अरबले प्रधानमन्त्री झलनाथ खनाललाई एक पत्र लेखी विदेशी मुद्राको अवैध कारोबारमा रोक लगाउन ध्यानाकर्षण गराएको छ । मेनपावर व्यवसायीहरूलाई भिसा खरिद गर्न आवश्यक पर्ने विदेशी मुद्रा उनीहरूले पेश गर्ने कागजातका आधारमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकिङ च्यानलहरूबाटै स्वदेशमा प्राप्त गर्ने गरी वाह्य विप्रेशन सेवा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ ।
अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, वैदेशिक रोजगार विभाग, एनआरएनएको आइसीसी र सबै एनसीसीहरूलाई बोधार्थ दिइएको सो पत्र एनआरएन साउदी अरबका अध्यक्ष धरम केसीले नेपाली दूतावास रियादका कार्यबाहक राजदूत हरिश्चन्द्र घिमिरेलाई बुझाएका छन् । दूतावासले उक्त पत्र परराष्ट्र मन्त्रालयका सचिव समक्ष पठाइसकिएको जनाएको छ ।
No comments:
Post a Comment