नेपालमा बन्द संस्कृति मौलाउँदो छ । बाटामा हिँड्दा ठेस लागेर लडे बाटो बन्द गर्नुपर्ने माग राख्दै बन्द, श्रीमतीले तिउनमा नुन बढी हाले पनि बन्द र प्रेमिका पोइल गए पनि बन्द । यही परम्पराले गर्दा अहिले हाम्रो मुलुक बन्दकर्ताहरूको मुलुकमा रुपान्तरित भएको छ । यसै क्रममा थरुहट स्वायत्त राज्य परिषद्ले गरेको अनिश्चितकालिन बन्दका कारण पश्चिम तथा पूवी तराईको जनजीवन प्रभावित भएको छ । थरुहट स्वायत्त राज्य परिषद्ले सत्तारुढ माओवादी र एमाले तथा मधेसी जनाधिकार फोरमबीच गत चैत ९ गते भएको चारबुँदे सहमतिको विरोधमा शुक्रबारबाट अनिश्चितकालीन थरुहट बन्द गरेको हो ।
परिषदले एक मधेश प्रदेशको विरोध गर्दै आएको छ । थरुहटले चार बुँदामध्येको पहिलो बुँदामा तराई क्षेत्रलाई तराई-मधेस लेखेर थारु समुदायको पहिचान समाप्त पार्ने काम गरेको आरोप लगाएको छ । बन्दका कारण राजमार्गमा कुनै पनि गाडी चलेका छैनन् । बजार कलकारखाना तथा शैक्षिक संस्थासमेत ठप्प भएका छन् । बन्दको सबैभन्दा बढी असर सुदूरपश्चिमका सात पहाडी जिल्लामा परेको छ । बन्द कै क्रममा मोर्चाका कार्यकर्ताले शनिबार विहान सुनसरीको झुम्कामा ना।३ ख २६७१ नंवरको ट्रकमा आगजनी गरेका छन् । आदिवासी थारु समूदायको थारुहरुको अस्तित्व मेटाउन उक्त सहमति गरिउको अरोप लगाउदै थरुहटले सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । त्यस्तै संघीय लिम्बुवान राज्य परिषदको बन्दका कारण पूर्वी पहाडी जिल्लाहरु इलाम, पाचथर, ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम र संखुवासभा लगायत जिल्लाको जनजीवन पनि प्रभावित बनेको छ ।
No comments:
Post a Comment