हाम्रो देशका मन्त्ररू महिनाकै १लाखभन्दा बढी कामै नगरी कमाउछन् तर हिन्दुहरूको आराद्यदेबको ५० वर्षको कमाई सुन्न पनि लाजमर्दो छ । हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथको ढुकुटीमा एक हजार तीन सय ७५ तोला सुन र ८७ लाख ५० हजार पाँच सय ६३ किलो चाँदी रहेको तथ्य सार्वजनिक भएको छ । पशुपति अध्ययन व्यवस्थापन स्वतन्त्र अधिकार सम्पन्न समितिले ५० वर्षमा पशुपतिनाथको कुल सम्पत्ति एक हजार तीन सय ७५ तोला सुन र ८७ लाख ५० हजार पाँच सय ६३ किलो चाँदी र ११ करोड ५० लाख नगद रहेको तथ्य बाहिर ल्याएको हो ।
समितिले २०१८ सालदेखि २०६७ फागुन मसान्तसम्म पशुपतिनाथको सम्पत्ति सो परिमाणको सुन, चाँदी र नगद रहेको तथ्य आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । २०१८ सालदेखि हालसम्म भक्तजनले चढाएको सुन, चाँदीलाई पशुपतिनाथ मन्दिरको 'गर्भगृह' माथिको तलास्थित मूल ढुकुटीमा राखिएको छ ।
प्रत्येक वर्ष पशुपतिनाथमा अर्पण गरेका नगदबाट सुन, चाँदी खरिद गरी गर्भगृहमा राख्ने गरिन्छ । केही भक्तजनले सुन र चाँदीको प्रतिमा चढाउँदै आएका छन् ।
भक्तजनबाट २०२५ सालमा सबैभन्दा बढी चार सय सात तोला सुन जम्मा भएको थियो भने यस वर्ष तीन हजार दुई सय ६ तोला चाँदी मात्र चढाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । भक्तजनले चढाएका धातु, काँस, स्टिल र ढलौटका सामानहरू बम्बै ढुकुटीमा राखिएका छन् ।
विशेष पूजाबाट यस आर्थिक वर्षमा अक्षयकोषमा ७८ लाख ३२ हजार र विकास सहयोग कोषमा ८३ लाख ३२ हजार जम्मा भएको छ । यस्तै, भेटीघाटीमा १२ लाख ९६ हजार दाखिला भएको छ ।
पशुपति अध्ययन व्यवस्थापन स्वतन्त्र अधिकार सम्पन्न समितिका सदस्य प्रा. रामप्रसाद दाहालले अध्ययनका क्रममा पशुपतिको ढुकुटीमा सुन र चाँदी रहेको अभिलेख पाइएको जानकारी दिए ।
पशुपतिनाथको आम्दानीको विषयमा विवाद भएपछि सर्वोच्च अदालतले अधिकार सम्पन्न स्वतन्त्र समिति गठन गरी सुझाव संकलन गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।
सोही आदेशअनुरूप संस्कृति मन्त्रालयले सर्वोच्च अदालतका पूर्वन्यायाधीश केदारनाथ आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई पशुपतिको समग्र सुधारका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्ने कार्यक्षेत्र तोकिएको छ ।
समितिले अध्ययनका क्रममा २०१८ सालदेखि २०६७ सम्मका अभिलेखमा २०४२ र ०४३ सालमा के-कति सुन, चाँदी र नगद जम्मा भएका हुन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन नसकेको जानकारी दिएको छ । सदस्य आचार्यका अनुसार समितिले अभिलेख खोजी कार्य जारी राखेको बताए ।
No comments:
Post a Comment