4/09/2011

कमाउनु त परै जाओस् गुमाएर फिर्ता

कुवेत । करिब सात महिना अगाडि कुवेत आएका शरनामती ६ झापाका ३७ वर्षीय हरिभक्त दर्नाल मानसिक सन्तुलन गुमाएर स्वदेश फर्किएका छन् । नेपालबाट सकुशल आएका दर्नालले कुवेत आएको केहीदिनमै आफ्नो मानशिक सन्तुलन गुमाएका थिए । उनलाई गत डिसेम्बर २४मा कुवेतको जाब्रिया अस्पातलमा आइसियुमा भर्ना गराईएको थियो भने उनलाई अत्यन्तै गम्भीर अवस्थामा अस्पताल लगिएको थियो ।

पीडित दर्नालका नातेदार कुमार नेपालीका अनुसार उनी २० नं भिसामा कुवेत आएर ग्रुप फोर सेक्युरिटिमा कार्यरत थिए । ग्रुप फोरसेक्युरिटिमा काम गरे पनि बाहिरको भिसा भएकोले कम्पनी तथा कही(कतैबाट साथ नपाएकाले उनको उपचारमा अत्यन्तै कठिनाइ परेको नेपालीले बताए।
उनलाई लामो समय अस्पातल राख्दा पनि पूर्णरुपले ठिक नभएको कारण घर फर्काइएको नेपालीले बताए ।

No comments:

Pages