4/09/2011

विवादको घेरामा राजदूत

युएईस्थित गोर्खा कन्स्ट्रक्सन प्रा. लि. तथा गोर्खा फुडस्टफका प्रवन्ध निर्देशक चुडामणि ढकाल र उनकै कम्पनीमा कार्यरत इन्जिनियर राधेश्याम भगतबीचको विवाद चुलिएको छ । अहिले यो विवादमा नेपाली दूतावास युएईका राजदूत अर्जुनबहादुर थापा समेत मुछिएका छन् । एनआरएन युएईका अध्यक्षसमेत रहेका ढकालले राजदूत थापाले श्रमसम्बन्धी मुद्दामा सहयोग गर्ने एक व्यक्ति विशेषलाई अख्तियारी पत्र प्रदान गरेको आरोप लगाएका छन् । ढकालले उक्त पत्रलाई माध्यम बनाएर आफ्नो व्यक्तिगत टेलिफोन कल, साझेदारी हिस्साजस्ता नितान्त निजी मामिलामा राजदूत थापाले हस्तक्षेप गरेको आरोप लगाए ।

गत मार्च ११ तारिखमा बर दुबईस्थित नेपाली समाज लगायत विभित्र संघसंस्थाको उपस्थितिमा भगत, सो विषयमा समाचार लेखेर विवादमा आएका शेषनारायण झा र ढकालबीच सामुहिक छलफल गरिएको थियो । उनले आफ्नो व्यक्तिगत टेलिफोन कल, इकोनोमिक डिपार्टमेन्ट र साझेदारी हिस्साजस्ता नितान्त व्यक्तिगत कागजपत्र झाले प्रयोग गरेको आरोप लगाएका हुन् । राजदूत थापाले आफ्नो महत्वपूर्ण कागजपत्र व्यक्ति विशेषलाई दिएकाले नै आफूलाई फसाउने षड्यन्त्र भएको ढकालको आरोप छ ।
‘म यूएईमै रहेको अवस्थामा समेत एक पटकसम्म नसोधिकन कुन कानून र नियमअनुसार एउटा व्यक्ति बिशेषलाई मेरो मुद्दा हेर्ने अधिकार प्रत्यायोजन गरियो?’ उनले गल्फ नेपालसँग गुनासो पोखे । आफूले गुनासो राजदूत थापासँग राख्दा उल्टै आक्रामक भएको गुनासोसमेत गरे । ढकालले आफ्ना कामदार भगतले नक्कली कागजात प्रयोग गरी कम्पनीको हित विपरीत कम्पनीको लेटरप्याड र स्ट्याम्प प्रयोग गरेको दावीसमेत गरे ।
दूतावासप्रति तीव्र आक्रोश व्यक्त गर्दै ढकालले आफू साँच्चिकै गलत भएको भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । दूतावास र नेपाली संघसंस्थाबाट समस्याको समाधान गर्न कुनै पहल नभए आफू नेपालका प्रधानमन्त्री तथा अख्तियारमा गएर उजुरी दिने तयारीमा रहेको बताए । कसैको व्यक्तिगत अख्तियारी पत्र दूतावासले दिन नहुने भन्दै युएईमा रहेका नेपाली संस्थाका एक प्रतिनिधिले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यदि कसैले दूतावासको अख्तियारी पत्र पाउने हैसियत राख्छ कि राख्दैन भत्रे कुरालाई दूतावासले ख्यालै नगरी कसरी त्यो पत्र थमाइयो ?
ढकाल र राजदूत थापाबीचको विवाद लामो समयदेखि चल्दै आएकाले यसैलाई मौकाको रुपमा प्रयोग गरी केही व्यक्तिले गलत फाइदा उठाइरहेको युएईका एक समाजसेवीले बताए । त्यस्तै, नेपाली समाज युएईका नवनिर्वाचित सभापति कृष्ण ढकालले दूतावासद्वारा प्रदान गरिएको अख्तियारी पत्रको दुरुपयोग भएको दाबी गरे । उनले समस्या समाधानका लागि युएईमा रहेका सबै संघसंस्थाका प्रतिनिधिको भेला बोलाई पहल गरेको बताए । दूतावासको पत्रलाई आधार बनाउने झा र पीडित बताउने भगत गलत भएको र यो विवादलाई नेपाली समाजले मिलाउन खोज्दासमेत मिल्न नसकेको जानकारी उनले गराए । सरकारी निकाय ¬इकोनोमिक डिपार्टमेन्टबाट एनओसी सम्बन्धमा भगतले पेश गरेको पत्र किर्ते भई अस्वीकृत भएको तथा रोजगारदाता र कर्मचारीबीचको तलबसम्बन्धी मुद्दा अहिले युएईको लेबर कोर्टमा विचाराधीन रहेको छ ।  आफूमाथि लगाइएको आरोपप्रति राजदूत थापाले भने, जसलाई मैले अधिकार दिएको छु, उसले दुरुपयोग ग¥यो भने लिएर आउनुस् म छानविन गर्छु वा त्यो माथि कारवाही गरियोस् भनेर निवेदन आओस मैले के गर्नुपर्छ गर्न तयार छु, मैले भ्रष्टाचार गरेको भए देखाउनुस्, जेसुकै सजाय भोग्न पनि तयार छु ।

No comments:

Pages