बजारमा खाना पकाउने एलपी ग्याँसको हाहाकार भएपछि उपभोक्ता मर्कामा परेका छन् । आयात कम भएकाले दुई महिनादेखि ग्याँस अभाव भएको हो । भारतीय आयल निगमलाई बक्यौता रकम तिर्न नसकेको कारण देखाउदै नेपाल आयल निगमले ग्याँस आयात कम गरेपछि उपभोक्ता मर्कामा परेका छन् ।भारतीय आयल निगमलाई तिर्न अर्थ मन्त्रालयले डेढ अर्ब रुपैया नेपाल आयल निगमलाई दिने निर्णय गरेपनि अर्थमन्त्रालयले अनुमोदन गरेको छैन । रकम निकासा हुनासाथ खाना पकाउने ग्याँसको आयात बढाउने र उपभोक्ताले सहजरुपमा ग्याँस पाउने निगमले जनाएको छ ।
उता, पूर्वाञ्चलमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेको बेला कम तौलको ग्यास बिक्री गर्ने एक ग्यास कम्पनीलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले कारबाही गरेको छ । ग्यास सिलिन्डर प्राप्तिका लागि एकएक हप्ता कुर्नुपर्ने, बेलामा मापदण्ड विपरित कम तौल भएका ग्यास बजारमा बिक्री गर्ने मारुती ग्यास कम्पनी कारबाहीमा परेको छ । मारुती ग्यास कम्पनीबाट उत्पादित सुविधा ग्यासको सिलिन्डरमा चार किलो लेदो भेटिएको उजुरीपछि कारबाही गरिने कार्यालय प्रमुख शशीभूषण यादवले बताउनुभएको छ ।
विराटनगर(४ कञ्चनबारीकी गृहिणी उपमा खनालको सिलिन्डरसहित उजुरीको आधारमा कारबाही भएको हो ।
निज गृहिणीलाई कम्पनीले क्षतिपूर्तिबापत नयाा ग्यास सिलिन्डर प्रदान गर्नुका साथै कानुन बमोजिम कारबाही तथा अनुगमन प्रक्रिया बढाइएको सो कार्यालयबाट थाहा भएको छ ।
पूर्वाञ्चलमा ग्यास अभावको मौका छोपी मेची, कोसी, प्रिज्मा, सुविधा तथा मनोजले तोकिएकोभन्दा कम ग्यास वितरण गरेको उपभोक्ताको गुनासो छ । जिल्ला प्रशासन, वाणिज्य कार्यालय र घरेलु कार्यालयले अनुगमन नगर्दा यसमा ठगी भइरहेको सर्वसाधारण जनताको आरोप छ ।
नापतौलका प्रमुख यादवले आफूले अनुगमनमा कर्मचारी पठाएको तर ग्यास पसल सााझ मात्र खुल्ने गरेकाले समस्या परेको बताउनुभयो ।

No comments:
Post a Comment