हरिकृष्ण पन्थी
खुल्ला रूपमा मादक पदार्थ सेवन गर्न र त्यसको कारोबार गर्न प्रतिबन्ध छ युएईमा । रक्सी पिउन र बेच्न कानूनी लाइसेन्स चाहिन्छ । न्युन आय भएकाहरूले लाइसेन्स नपाउने व्यवस्था भए पनि लुकीछिपी रक्सी खाने नेपालीहरूको संख्या भने कम छैन । त्यस्तो अवस्थामा पुलिसले भेट्टाए पनि एक रात लगेर थुन्छ अनि जरिवाना गरेर छाडिदिन्छ । कानूनी रूपमा जति प्रतिबन्ध भए पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने जस्तो पैसा कमाउन भन्दै युएई पुगेका सबैलाई त भन्न मिल्दैन तर कैयन नेपाली युवा पीडा बिर्साउन भन्दै रक्सीमा लठ्ठ हुने गरेका छन् ।
खुल्ला रूपमा मादक पदार्थ सेवन गर्न र त्यसको कारोबार गर्न प्रतिबन्ध छ युएईमा । रक्सी पिउन र बेच्न कानूनी लाइसेन्स चाहिन्छ । न्युन आय भएकाहरूले लाइसेन्स नपाउने व्यवस्था भए पनि लुकीछिपी रक्सी खाने नेपालीहरूको संख्या भने कम छैन । त्यस्तो अवस्थामा पुलिसले भेट्टाए पनि एक रात लगेर थुन्छ अनि जरिवाना गरेर छाडिदिन्छ । कानूनी रूपमा जति प्रतिबन्ध भए पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने जस्तो पैसा कमाउन भन्दै युएई पुगेका सबैलाई त भन्न मिल्दैन तर कैयन नेपाली युवा पीडा बिर्साउन भन्दै रक्सीमा लठ्ठ हुने गरेका छन् ।
युएईको चर्को गर्मीमा काम गर्ने पर्वतका रामहरिलाई रक्सी नखाई निद्रै लाग्दैन । मासिक २० हजार जति तलब पाउने उनको महिना सकिदा प्रायः तलब पनि रक्सीमा नै सकिदोरहेछ । उनी युुएई आएको पनि नौं बर्ष भैसकेछ । सुरुदेखि नै उनी फलामका झ्याल ढोका बनाउने उद्योगमा काम गर्दै आएका छन् । दिनभरि नै फलामसँग संघर्ष गर्नुपर्ने उनी साँझ त थाकेर लोत हुन्छन् । पीर चिन्ता बिर्साउने नाममा दुःख गरेर कमाएको पैसा बचाउनु पर्छ भन्ने समेत उनले बिर्सिसकेका छन् ।
सुरुका बर्षहरूमा केही पैसा बचाए पनि उनले अचेल पैसा बचाउन छाडेका रहेछन् । घरमा ऋण तिरिहालें, परिवारलाई काम गरेर खानलाई खेतबारी टन्नै छ । अब केका लागि बचाउने ? बाँकी जिन्दगी यस्तै हो , अब खाने पिउने मस्ती गर्ने हो – कुराकानीका क्रममा उनले यसो भने । उनीसँगै काम गर्ने गुल्मीका षडानन्दको हालत पनि उस्तै छ । ६ महिना अगाडिसम्म अलि स्वस्थ देखिने उनको अवस्था अहिले बिग्रँदै गएको छ । रक्सी र चुरोट नखाई त निद्रा नै लाग्दैन उनलाई पनि, तर उनको भने घरमा अलि न्युन आय भएकाले आधा तलब बचाँउदा रहेछन् । यतिमात्र होइन, यहाँका डिस्को साँझहरूमा नेपालीहरूको राम्रै चर्तिकला हेर्न पाइन्छ । उनीहले दुःख गरेर कमाएको पैसा डिस्कोमा उडाउँछन् । यसरी डिस्को जाने नेपालीहरूमा मध्यम आय हुने नेपालीहरूको संख्या बढी देखिन्छ । ३०÷४० हजारभन्दा बढी मासिक आय हुने थुप्रै नेपालीहरूलाई साँझपख दुबई अनि अबुधावीका डिस्कोहरूमा प्रशस्तै भेट्न पाइन्छ । बाहिर खुल्ला रूपमा रक्सीको खरिद बिक्री नहुने र डिस्कोमा रक्सी पिउन तथा मोजमस्ती गर्न पाइने भएकाले यतातिरको आकर्षण अलि बढी नै देखिएको छ । यहाँका डिस्को बारहरूले रक्सी बेच्ने लाइसेन्स प्राप्त गरेका हुन्छन् । डिस्को बारहरूमा रमाइलो गर्दा गर्दै त्यहाँ आएका युवायुवतीहरूबीच पैसाको बार्गेनिङ हुन्छ । अझ त्यसमा पनि युवतीहरूले आफ्नो कोठामा लैजानुपर्ने भएमा धेरै पैसाका लागि बार्गेनिङ गर्छन् । तर, केटाको कोठामा जाने स्थिति भएमा अलि कम पैसामै पनि मान्छन् ।
कोठामा लैजाँदा जोखिम मोल्नुपर्ने भएकाले केटीहरूले आफ्नो कोठामा लैजाँदा धेरै पैसाका लागि बार्गेनिङ गर्ने गरेको डिस्कोमै सहभागी एक युवाले बताए । यसरी डिस्कोबाट देहव्यापार गर्ने युवतीहरूले एकरातका लागि कम्तीमा पाँच हजार नेपाली रूपैयाँ लिने गरेको उनको भनाई छ । त्यस्तै काठमाडौका रविनको त एक रात डिस्को जाँदा पुरै महिनाको तलब नै स्वाहा भएपछि अबदेखि डिस्को नजाने बताउँदै भने – नेपालीहरू पनि थुप्रै आउँछन्, रमाइलो हुन्छ भनेर आएको रक्सीको तालमा पुरै तलब चट् भएको थाहै पाइनँ । यसरी डिस्कोबाट देहव्यापार गर्ने युवतीहरू नेपाली मात्र नभई अन्य देशका पनि छन् ।
घरमा श्रीमती भएका कति नेपाली युवा युएईमा नक्कली श्रीमती राखेरसमेत बसेका छन् । विवाह नभएका जोडी एउटै कोठामा बस्न नपाउने युएईमा कडा कानूनी व्यवस्था छ, यसरी बस्दा विवाह गरेको सर्टिफिकेट देखाउनुपर्ने हुन्छ तर पनि यस्तो कानूनी व्यवस्थाको प्रभाव खासै परेको छैन उनीहरूमा ।
यसरी बस्नेहरू विवाहित जोडीले लिएको कोठाकोबीचमा फल्याक वा प्लाइउडले बारेर बस्ने गरेका छन् । यसरी बस्दा कोठाको भाडा पनि सस्तो हुन्छ उनीहरूलाई । कति युवाहरूले त घरबाट श्रीमतीले फोन गर्दा समेत काटीदिने वा मोवाइल नै बन्द गरिदिने गरेका उदाहरण पनि छन् यहाँ ।
यस्तैमा काठमाडौका प्रशान्तको घरमा त रडाको नै मच्चियो । कसैले घरमा श्रीमतीलाई सुनाइदिएपछि सुरू भयो उनको राम कहानी । यसो हप्तामा एकपटक नक्कली श्रीमती भेट्ने गरेका उनलाई नेपालबाट दिनदिनै फोन गरेर घर नगई सुखै दिएनन् परिवारले । अनि उनी घर गएर श्रीमतीलाई यसो थामथुम पारेर युएई फर्केपछि फेरि कृष्णलिला जारी राखेका छन् ।
यस्तै, नेपाली युवतीहरू पनि वेश्यावृत्तिमा संलग्न हुने क्रम बढ्दै गएको छ । श्रीमानको भिसामा आउनेहरू वेश्यावृत्तिमा संलग्न भएको नपाइए पनि सिधै कामदारको रूपमा आउने अधिकांश नेपाली युवतीहरू वेश्यावृत्तिमा लागेका छन् । यस्तो पेशामा संलग्न युवतीहरू प्रायः गैरकानूनी रूपमा लुकीछीपी बस्दै आएका छन् । मेनपावर कम्पनीबाट काममा आउँदा भनेजस्तो काम र दाम नपाएकाले काम गर्ने कम्पनीबाट भागेर यस्तो पेशामा लाग्नु परेको गुनासो गरिन्, एक नेपाली युवतीले ।
यस्तो पेशाबाट आम्दानी पनि राम्रै हुने भएकाले सुरुमा अलि गाह्रो भए पनि अचेल सन्तुष्ट रहेको बताइन् उनले । यस्तो पेशामा संलग्न नेपाली युवतीहरूको संख्या पचासभन्दा माथि रहेको उनको भनाई छ ।
उनका अनुसार फिलिपिनो युवतीहरू यस्तो पेशामा बढी रहेको र इन्डोनेसियन, चाइनिज, इन्डियन, बंगालादेशी युुवतीहरू नेपालीहरूको अनुपातमा उल्लेख्य रहेका छन् । खाडी मुलुकहरूमध्ये नेपालीहरूको राम्रै कर्मथलोका रूपमा परिचित युएईमा झण्डै एक लाख पचास हजारभन्दा बढी नेपाली युवायुवतीहरू कार्यरत छन् । जसमा धेरै जसो निम्न आय भएका र तल्लो दर्जामा काम गर्ने नेपालीहरूको संख्या नै बढी रहेको यहाँको तथ्यांकले देखाउँछ । घरमा छोराछोरी वा श्रीमान विदेश गएको छ पैसा कमाएर ल्याउँछ अनि साहुको ऋण तिरौंला भन्ने आशमा बसेका हुन्छन् परिवार । तर, नेपाली युवायुवतीहरूको हालत यस्तो छ युएईमा ।
त्यस्तै, युएई आउनका लागि मात्रै लाखौं रूपैयाँ मेनपावरमा बुझाएर महिनामा दशहजार मात्रै कमाउने नेपालीहरूको संख्या पनि ठुलो छ । मासिक ३० हजारभन्दा बढी बचाउने नेपालीहरूको संख्या १५ प्रतिशतभन्दा बढी छैन ।
हुन त मासिक रूपमा लाख रूपैयाँसम्म कमाउने नेपालीहरू पनि छन् यहाँ, तर त्यस्ता नेपालीहरूको संख्या अत्यन्तै न्युन रहेको छ ।
No comments:
Post a Comment