पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क बहादुर विश्वकर्माले आफुहरुले मुर्दा शान्ति नचाहेको बताएका छन् । सेना समायोजन भैहाले र माओवादीले आफ्नो सेना त्यागे शान्ति स्थापना हुने अन्य दलहरुको बुझाई प्रति आपत्ती जनाउदै विश्वकर्माले सेना समायोजन हुदैमा शान्ति नआउने स्पष्ट पारे ।
उनले परिवर्तनलाई संस्थागत गर्ने किसिमको शान्ति आउनुपर्ने बताए । कलेज अफ एप्लाइड फुड एण्ड डेरी टेक्नोलोजीमा आज आयोजित ३५ दिने दुग्ध प्रविधि तालिमको समापन कार्यक्रममा बोल्दै उनले राजनैतिक परिवर्तन नयाँ संविधान बनेपछि मात्रै संस्थागत हुने बताए ।
कुनै पनि देशको उन्नती त्यो देशका जनताको चेतना र दक्ष जनशक्तिले निर्धारण गर्ने भन्दै उनले नेपालको शिक्षा नीति विदेशमा गएर स्वाभिमान बेच्ने खालको भएको टिप्पणी गरे। आफुहरु वैज्ञानिक र व्यवहारिक शिक्षाको पक्षमा रहेको भन्दै उनले कृषि प्रधान देशमा उच्चतम प्रविधि प्रयोग गरेर कृषिको विकास गर्न जरुरी भएको बताए ।

No comments:
Post a Comment