4/09/2011

वैदेशिक रोजगारीमा नयाँ प्रविधि

यो सूचना प्रविधिको युग हो । सूचना प्रविधिमा पहुँच नहुनु भनेको सामाजिक, आर्थिक, बौद्धिक र अन्य धेरै कुरामा पछि पर्नु हो भन्नेहरू बढेका छन् । यतिबेला हरेक क्षेत्र सूचना प्रविधिमा पहुँच पु¥याउन कुनै न कुनै रुपमा लागिपरेको छ ।
यही मेसोमा देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको वैदेशिक रोजगारलाई पनि सूचना प्रविधिको पहुँचमा पु¥याउन लागिपरेका छन् एक युवा व्यवसायी सञ्जय गुरुङ । अमेरिकाबाट सूचना प्रविधिमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्केका गुरुङ नेपाली क्यान्डिडेट डट कम (धधध।लभउबष्अिबलमष्मबतभ।अयm) नामक अनलाइनमार्फत दक्ष, अर्धदक्ष र अदक्ष नेपाली श्रमिकका लागि विश्वका विभिन्न मुलुकमा रोजगारीको खोजीमा लागेका हुन् ।
नेपालमा उच्च शिक्षा हासिल गरेकाहरू पनि अमेरिका छिर्न मरिहत्ते गरिरहेका छन् । तर, अमेरिकामा डेढ दशक बिताएका गुरुङले भने नेपालमै धेरै सम्भावना देखेका छन् । उनी भन्छन्–नेपालमा सम्भावनाहरू धेरै छन्, हामीले पहिचान मात्र गर्न सकेका छैनौ । उनका अनुसार सूचना प्रविधिको प्रयोग गरेर नेपालको कला, संस्कृति, पर्यटकीय क्षेत्र र श्रम विश्वभर फैलाउन सकिन्छ । सञ्जय भन्छन्, ‘म त नेपालमा सम्भावनाको खानी नै देखिरहेको छु, तर नयाँ प्रविधि, नयाँ शैली र नयाँ विषषवस्तु भएकाले सबैलाई विश्वासमा लिन समय लाग्छ ।’
सुरुमा गुरुङले केही प्रवासी नेपालीहरूको साथ लिएर एनआरएन प्रोपर्टीज डट कम सुरु गरे । उनका अनुसार रियल स्टेट विजनेश सुस्त गति उच्च मुनाफा हुने क्षेत्र हो । त्यसैले गुरुङ विश्वभर रियल स्टेट बजार प्रवद्र्धन र सम्पर्क विस्तारमा जुटेका छन् । त्यस्तै नेपाली कला विश्व बजारमा पु¥याउन उनले पौवा डट कम पनि संचालनमा ल्याएका छन् । नेपाली पौवालाई विश्व बजारमा पु¥याउने गुरुङको योजना छ ।
पछिल्लो समय उनी नेपाली क्याण्डिडेट डट कम लिएर वैदेशिक रोजगारीको क्षेत्रमा प्रवेश गरेका छन् । उनको स्पष्ट योजना छ, अब प्रविधिको जमाना हो, घरघर पुगेर रोजगारीको खोजी गर्नु र एजेन्टको ढोका चहार्नुपर्ने युग अन्त्य हुँदैछ, अब रोजगारदाता र रोजगारमा पठाउने एजेन्सीसँगको सम्पर्क अनलाइनमार्फत घरबाटै हुन सक्छ । गुरुङ भन्छन्, यसबाट वैदेशिक रोजगारीमा हुने गरेको ठगी प्रथा पनि अन्त्य हुनेछ ।
गुरुङका अनुसार नेपाली क्याण्डिडेट डट कमले वैदेशिक रोजगारीको अवसर कहाँ–कहाँ छ, कस्ता कामदारको माग आएको छ जस्ता कुरा प्रस्तुत गर्ने गरेको छ । अझ यसमा रोजगारीको खोजीमा रहेकाहरूले आफ्नो योग्यता, आफूले जानेको कामसहित आफ्नो बायोडाटा पठाउन सक्छन् । अनलाइन प्रयोगकर्ताले पठाएको व्यक्तिगत विवरण विभिन्न मेनपावर कम्पनीलाई उपलव्ध गराइन्छ र विवरणमा उल्लेख भएको दक्षताअनुसारको माग आउने बित्तिकै उक्त व्यक्तिलाई सिधा सम्पर्क गरिन्छ । यसबाट रोजगारदाता कम्पनी, रोजगारीमा पठाउने एजेन्सी र रोजगारीको खोजीमा रहेका व्यक्तिहरूबीच सिधा सम्पर्क हुने भएकाले बीचमा ठगिने सम्भावना अत्यन्तै न्युन मात्र हुन्छ ।
तर, यो पनि आजको भोलि नै फाइदा हुने व्यवसाय भने होइन, त्यसैले त नेपाली क्यान्डिडेट डट कमका सञ्चालक गुरुङ भन्छन्, बुझाउन समय लाग्छ, तर यसको विकल्प छैन ।
उनका अनुसार अब वैदेशिक रोजगारीमा जानका लागि दलालको पछाडी महिनौ दोडिनुपर्ने, मेनपावर कम्पनीमा धाउनुपर्ने र बीचैमा ठगिने समय छैन, सिधा अनलाइन फारम भर्नुस् सिधा म्यानपावर कम्पनीको सम्पर्कमा पुग्नुस् र आफ्नो क्षमताअनुसारको रोजगारीमा विदेश जानुस् ।
लामो समय अमेरिका बसेर रियल स्टेट व्यवसायमा लागेका गुरुङ यो व्यवसाय सुरु गर्नुको कारणबारे भन्छन्, लामो समय विदेश बस्दा प्रवासमा रहेका नेपालीको दुःख पीडा नजिकबाट बुझ्ने अवसर पाएँ । उनीहरू चर्को शुल्क तिरेर विदेशिएको, विदेशमा भनेजस्तो काम नपाएको, अलपत्र परेकोजस्ता समस्या भोग्नु परेको देखेर यो काम सुरु गरेको हुँ । उनका अनुसार यो प्रक्रियाबाट कसले कुन काम जानेको छ, कुन कामका लागि कहाँ पठाउँदा उपयुक्त हुन्छ भन्ने कुरा सुरुमै तय गर्न सकिन्छ । नेपाली क्यान्डिडेट डट कममा निःशुल्क रुपमा आफ्नो व्यक्तिगत विवरण पठाउन सकिन्छ । उक्त विवरण मेनपावर कम्पनीले लिन्छन् र क्षमताअनुसारको कामको माग आएपछि सिधा सम्पर्क गर्छन् ।
नेपालमा सूचना प्रविधिको विस्तार हुनुपर्ने जति भइनसकेकाले अनलाइन प्रयोगकर्ता कम हुने हो कि भन्ने डर थियो गुरुङलाई । तर, व्यक्तिगत विवरण पठाउनेको चाप देखेर उनी दङ्ग छन् । गुरुङ भन्छन्, यहि गतिमा चलिरहने हो भने वैदेशिक रोजगार व्यवसाय चाँडै नयाँ प्रविधिमा प्रवेश गर्नेछ ।
यसबाट विदेश जान चाहने, विदेश पठाउने र विदेशमा रहेका नेपालीहरूको तथ्याङ्क अद्यावधिक रुपमा राख्न पनि ठुलो सहयोग पुग्नेछ ।
उनका अनुसार यो तथ्याङ्कबाट कुन देशको कुन ठाउँमा रहेका कुन नेपाली कस्तो अवस्थामा छ भन्ने कुराको जानकारीसमेत राख्न सकिने भएकाले भविष्यमा उनीहरूमाथि आइपुर्ने समस्या समाधानमा समेत सहयोग पुग्नेछ ।
अनलाईन मार्फत रोजगारी खोज्ने र दिलाउने परम्परा विश्वभर छ ।
नेपालमा पनि अन्य क्षेत्रमा यसको सुरुवात भइसकेको छ। अब वैदेशिक रोजगारीको क्षेत्रमा सूचना प्रविधिविज्ञ सञ्जय गुरुङले सुरु गरेको अभियान सफल भएको खण्डमा नेपालको वैदेशिक रोजगारीको क्षेत्र थप मर्यादित र एउटा पद्धतिमा समेटिने आशा गर्न सकिन्छ । 

No comments:

Pages