5/04/2011

लादेनलाई निःशस्त्र अवस्थामा मारेको खुलासा

अलकायदाका संस्थापक नेता ओसामा विन लादेनलाई अमेरिकाले निःशस्त्र अवस्थामा हत्या गरेको खुलासा भएको छ । आफ्ना सेनाले निशस्त्र अवस्थामा रहेका लादेनलाई नियन्त्रणमा लिएर मारेको अमेरिकाले स्वीकार गरेको छ । लादेन विरुद्धको कारबाही भाँडिनसक्ने आशंकामा त्यसको सूचना पाकिस्तानका अधिकारीहरुलाई नदिइएको अमेरिकी गुप्तचर संस्था सी आई एले जनाएको छ । लादेनलाई गत सोमबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक घरमा बसिरहेको बेला अमेरिकी सेनाले नियन्त्रणमा लिएर हत्या गरेका थिए । लादेन मारिएको तस्वीर उपयुक्त समयमा सार्बजनिक गर्ने अमेरिकाले जनाएको छ ।
 

No comments:

Pages