5/03/2011

दुर्घटनामा ११ जनाको मृत्यु

सिन्धुलीमा मंगलबार भएको यात्रु बस दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । १० जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा ७ जना पुरुष र ४ जना महिला रहेका छन् । दुर्घटनामा ज्यान गुमाउने तीन जनाको मात्रै सनाखत भएको छ । नेपाली सेनाको सिर्जन गण रामेछापमा कार्यरत अमल्दार शिववहादुर कार्की, सिन्धुलीको पूरानो झागाझोलीका श्याम वस्याल र रामेछाप भिरपानीका आइपी माझीको मात्रै सनाखत भएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते १४ जनाको काभ्रेको धुलिखेलमा उपचार भइरहेको छ । बसमा आमाको मुख हेर्न हिडेका करिव ४० जना यात्रु रहेको अनुमान गरिएको छ । सिन्धुलीको खुर्कोटबाट काभ्रेको बनेपा आउँदै गरेको ना २ ख ३३७५ नम्बरको बस बनेपा वर्दिवास राजमार्ग अन्तरगत रातमाटे झागाझुली गंगटेपाखामा सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो । सिन्धुलीका प्रहरी सहायक निरिक्षक प्रमोद गुप्ताका अनुसार बस सडक र शुनकोशी नदीबीचको भिरमा अड्किएको थियो ।

No comments:

Pages