5/05/2011

प्रचण्डसँग बैद्यको बिलौना

सहमति विपरित मन्त्रिहरुको कार्यविभाजन गरेको भन्दै एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले अध्यक्ष पुष्कपमल दाहालसँग भेटेर असन्तुष्टी व्यक्त गरेका छन् ।
अध्यक्ष दाहाललाई भेटन उपाध्यक्ष बैद्य बिहीबार बिहानै दाहाल निवास नयाँबाजर पुगेका हुन् । स्रोतका अनुसार एकलौटी ढंगले अघि नबढ्न बैद्यले दाहाललाई चेतावनी दिएका छन् । सहमति विपरित अध्यक्ष अघि बढे मान्ने नहुने समेत बैद्यले बताएको स्रोतले दावी गरेको छ ।
सहमति विपरित मनोमानी ढंगले मन्त्री नियुक्त गरेको भन्दै बैद्यले आक्रोश पोखेको स्रोतले दावी गरेको छ । मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि बुधबार बैद्यपक्षका मन्त्रीहरुले सपथ लिएका थिएनन् ।
पछिल्लो समय माओवादीमा अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष मोहन बैद्यबीच विवाद रहदै आएको छ । लामो समयपछि बुधबार एमाओवादीले थप मन्त्रीहरु छानेको थियो ।

No comments:

Pages