रातो पासपोर्ट दुरुपयोगको अभियोगमा पक्राउ परेका सभासदद्धय वीपी यादव र गायत्री साहलाई धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश लेखनाथ घिमिरको एकल इजलासले शुक्रबार सभासदद्धयलाई १०(१० हजार रुपैयाँ धरौटीमा मुद्धाको पुर्पक्ष गर्ने गरी धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
आदेशसँगै सभासदद्धय १०–१० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । सभासदद्धयको तारेख जेठ १ गते तोकिएको छ ।
सभासदद्धय विरुद्ध राहदानी ऐन २०२४ अन्तरगत बुधबार मुद्धा दायर गरिएको थियो ।
सभासद् साहको नाममा जारी भएको ०१९८२६ नम्वरको पासपोर्टमा सीता साह र यादवको नाममा जारी भएको ०१९८९३ नम्बरको राहदानी बोकेर पृथ्वी छन्त्याल अष्ट्रेलिया जाने क्रममा अबुधावीबाट फर्किएपछि घटना सार्वजनिक भएको थियो । लामो अनुसन्धानपछि केन्द्रीय अनुसन्धाज व्युरो सीवीआईले मधेसी जनअधिकार फोरमका सभासद् यादव र नेपाली जनता दलकी साहलाई वैशाख ६ गते पक्राउ गरेको थियो ।
No comments:
Post a Comment