5/05/2011

नेपाली सेनालाई राष्ट्रसंघको सफाई

द्वन्दग्रस्त अफ्रिकी मुलुक हैटीमा शान्ति स्थापना कार्यमा खटिएको नेपाली सेनाको टुकडीका कारण गतवर्ष त्यहाँ झडापखालाको महामारी फैलिएको भन्ने आरोप लगाउने संयुक्त राष्ट्र संघले अहिले सो गलत भएको जनाएको छ । संयुक्त राष्ट्रसंघद्वारा महामारीबारे अनुसन्धान गर्न गठित स्वतन्त्र अनुसन्धान समितिले बुधबार राति सार्वजनिक गरेको प्रतिवेदनमा नेपाली सेनाले सफाई पाएको हो । प्रतिवेदनमा झाडा पखाला फैलनु ‘परिस्थीतिजन्य’ भएको भन्दै त्यसमा कुनै समूह बिषेशलाई दोषी ठहर्‍याइएको छैन ।
गत बर्ष अक्टोबरमा फैलिएको झाडा पखालाका कारण हैटीमा करिव ४ हजार ५ सय मानिसको ज्यान भएको थियो भने करिव ३ लाख नागरिक प्रभावित भएका थिए । प्रकोप फैलनुमा नेपाली सेनाको हात रहेको भन्दै हैटीका नागरिक तथा मानवअधिकारकर्मीले नेपाली सेनालाई फिर्ता पठाउनुपर्ने माग गर्दै प्रर्दशनसमेत गरेका थिए ।
झाडापखालाको स्रोतबारे गरिएको बैज्ञाननिक अनुसन्धानबाट सो प्रकोप हैटीबाट उत्पन्न नभएको पत्ता लागेको छ । दक्षिण एशियाली क्षेत्रमा फैलिएको प्रकोपको जिवाणुसँग निकट रहेपनि ठ्याक्कै मेल नखाने प्रतिवेदनमा उल्लेख छ ।

No comments:

Pages