नयाँ कार्यकारी निर्देशक नियुक्त भएपछि उत्पन्न विवादका कारण सबै सेवा ठप्प भएको भरतपुरको विपी मेमोरियल क्यान्सर अस्पताल अझै खुल्ने संकेत देखिएको छैन । फागुन १६ गतेदेखि अस्पतालको प्रशासनमा ताला लागेको थियो भने गत विहीबारदेखि सबै सेवा ठप्प भएको थियो ।
तालावन्दीले उपचार सेवा समेत प्रभावित हुँदै गएको र दुई पक्षमा बेलाबेलामा हुने झडपले त्रासको वातावरण रहेको भन्दै समस्याको स्थायी उपाय निकाल्ने उद्घोष गरेर अस्पतालका सबै डाक्टर काठमाडौं गएपछि अस्पताल ठप्प बनेको हो ।तर, पाँच दिन काठमाडौं बस्दासमेत अस्पताल खुल्ने संकेत भने देखिएको छैन । काठमाडौंमा तीन दलका नेताबीच अस्पताल खुलाउनेबारे बार्ता हुने भनिए पनि वार्ता बस्न नसकेपछि अस्पताल खुल्ने अनिश्चित भएको हो । अस्पताल ठप्प हुँदा चार जना बिरामीको मृत्यु भइसकेको छ । यसैबीच अस्पताल खुलाउन र जिम्मेवार पाँच पदाधिकारीमाथि कार्बाही गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अस्पतालको सेवा वन्द हुनुमा पूर्व कार्यकारी निर्देशक भक्तमान श्रेष्ठ, वर्तमान निर्देशक लक्ष्मीनारायण सिंह र सञ्चालक समितिका अध्यक्ष रामेश्वर श्रेष्ठ लगायत दोषी रहेको भन्दै उनीहरुमाथि कार्बाही गरेर अस्पताल खोल्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानिया लगायतले रिट दायर गर्नुभएको हो ।
No comments:
Post a Comment