विन लादेनको अन्त्येष्टि गरिसकएको दाबीगएराति पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको अब्बोत्ताबादस्थित घरमा भएको अमेरिकी आक्रमणमा मारिएका ओसामा बिन लादेनको समुद्रमा अन्त्येष्टि गरिसकिएको एक अमेरिकी अधिकारीले सीएनएनलाई बताएका छन्। ती अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताए पनि थप विवरण भने दिन चाहेनन् सीएनएनले भनेको छ।
टाउकोमा गोली लागेको थियो बिन लादेनको
ओसामा बिन लादेनको टाउकोमा गोली हानिएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। बिन लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक पनि गरेका छन्। तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ।
बिन लादेनको शव बाग्राम बेसमा, पत्रकारहरुलाई हेर्न बोलाइयो
पाकिस्तानमा भएको अमेरिकी आक्रमणमा मारिएका अल कायदा प्रमुख ओसामा बिन लादेनको शवलाई अफगानिस्तानको बाग्राम बेस ९अमेरिकी हवाई शिविर० मा लगिएको र शव निरीक्षण गर्न पत्रकारहरुलाई बोलाइएको अल जजिराका काबुलस्थित संवाददाताले बताएका छन्।
खोजेको १० वर्षपछि मारिए ओसामा
अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको संगठन अलकायदाका ुमास्टरमाइन्डु बिन लादेनको मृत्यु भएको छ। सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि विश्वभर थालिएको खोजी अभियानको १० वर्ष र आतंकवादविरोधी कारबाहीमा ३ हजार भन्दा बढीको मृत्यु पछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा गरिएको आक्रमणमा उनको मृत्यु भएको पुष्टि गरेका हुन्। लादेनसँगै थप तीन जना पनि मारिएका छन्। तीमध्ये एक उनका छोरा रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन्। उनीसँगै उनका अन्य परिवार सदस्य समेत मारिएको दावी गरिएको छ।
अधिकारीहरुले उनको शव नियन्त्रणमा लिइसकेका छन्। यो अपरेसनमा कुनै पनि अमेरिकीलाई क्षति नपुगेको बताइएको छ। बिन लादेन मारिएको खबरसँगै अमेरिकाले विश्वभरका अमेरिकी कार्यालयहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। अलकायदाका सदस्यहरुले गर्नसक्ने बदलाको आक्रमणलाई ध्यानमा राख्दै यस्तो निर्देशन दिइएको हो।

No comments:
Post a Comment