मधेसी जनअधिकार फोरमले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री झलनाथ खनाल समक्ष सिफारिस गरेको छ । फोरमले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादव, कृषीमन्त्रीमा हरिनारायण चौधरी र श्रममन्त्रीमा मोहम्मद इस्तियाक राइलाई सिफारिस गरिएको छ ।
यसैगरी नन्दनकुमार दत्तलाई कृषी राज्यमन्त्रीमा सिफारिस गरिएको फोरम महासचिव रामसहाय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार एक मन्त्री र तीन राज्यमन्त्री भने पछि पठाइनेछ ।
No comments:
Post a Comment