5/04/2011

विदेश पठाएर यौन शोषण

भीमफेदी । मकवानपुर जिल्ला अदालतले नामटार गाविस–६ निवासी कमला रुम्वा लामालाई एक महिलालाई विदेश पठाई जबरजस्ती यौनशोषण गराएको आरोपमा पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश पद्मराज भट्टको एकल इजलासले त्यस्तो आदेश गरेको हो ।
आरोपी लामाले नामटार गाविस–१ चामेल डाँडा निवासी २८ वर्षीया एक युवतीलाई खाडी राष्ट्र बहराइनमा प्रत्यक्ष रोजगारीको लागि विस २०६६ साल मङ्सिर ६ गते पठाएकी थिइन् ।
विदेशमा रोजगारीको लागि पुगेकी ती युवतीलाई बहराइनका ठेकेदार कम्पनीले अन्य कुनै काम नलगाइ यौन शोषण गर्दैआएको बताइएअनुसार उनको परिवारनजले यो घटना सार्वजनिक गरेको हो ।
पीडित युवतीको अभिभावकले जिल्ला प्रहरी कार्यालयमा कारवाही चलाउन लिखित उजुरी दर्ता गराएका छन् ।
नेपाल सरकार र पठाउने कम्पनीले ती पीडित महिलालाई हालै उद्धार गरी स्वदेश फर्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो घटनामा संलग्न एक फरार महिलाविरुद्ध जिल्ला अदालत मकवानपुरले पक्राउ आदेश जारी गरेको छ ।

No comments:

Pages