झलनाथले झापड खाए, झक्कुले झापड खाए । अब बिस्तारै धेरैले झापड खाने भएका छन् । सत्ताको खेलमा लागेर जनतासँग झेल गर्नेहरूलाई झापडको झारफुक नगरि हुन्न भन्ने अब जनताले बुझिसकेका छन् ।
कुर्सीको झिनाझम्टीमा लाग्ने हे झुर् झेलीहरू तिमीहरूलाई जनताको माया ममता र विश्वास कुकुरलाई घ्यू नपचे सरह भयो । अब तिमीहरूको हैसियत नै चड्कन खाने मात्र हो । तिमीहरू जस्ता झ्याम्पट झुर्पट्याँसको विश्वास गरेर ठूलो मुख्र्याईं गरिएछ भन्ने सबैलाई परिसकेको छ ।संविधानको झ्याली पिट्दै झुण्ड–झुण्ड बोकेर झगडा गर्दै हे झगडियाहरू । तिमीहरू झण्झटका पोका हौ, गन्हाउने बोका हौ ।
झालेमाले कुरा गरेर जनतालाई झुक्याउने हे झलप्रसाद र झक्कुनाथहरू ! अहिलेसम्म त देवीप्रसाद र प्रेमनाथले मात्र भम्टिएका छन् अब अरू पनि झुल्किने दिन धेरै टाढा छैन । त्यतिबेला तिमीहरूसँग झिटीगुण्टा बाँधेर झाडीतिर लुक्न जाने बाहेक अन्य बाटो रहने छैन ।




No comments:
Post a Comment