5/03/2011

माधवसँग झलनाथको बिलौना

प्रधानमन्त्री झलनाथ खनालले सरकार सञ्चालनमा सहयोग गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । पार्टीभित्रको विवाद र सम्बन्ध सुधारका विषयमा छलफल गर्न प्रधानन्त्री एवं एमाले अध्यक्ष खनाल वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा पुगेका थिए ।

चियापान कार्यक्रमसमेत बहिस्कार गरेका नेपालसँगको भेटमा प्रधानमन्त्री खनालले शान्तिप्रक्रिया, संविधान लेखन, संविधानसभाको म्याद थप तथा पार्टीभित्रको आन्तरिक विवादका विषयमा छलफल भएको छ । भेटमा प्रधानमन्त्री खनालले मुलुक जटिल परिस्थितिमा रहेकाले शान्ति र संविधानको कार्यभार पूरा गर्न सरकारलाई सघाउन आग्रह गरेका थिए । जेठ १४ भित्र नयाँ संविधानको मस्यौदा तयार पार्ने र केही समय म्याद थप गरी संविधानको टुंगो लगाउने सरकारको योजना रहेको भन्दै प्रधानमन्त्री खनालले सहयोग गर्न आग्रह गरेका थिए ।
जवाफमा नेपालले जेठ १४ मा संविधान बन्न सक्ने स्थिति नरहेको भन्दै कटिबद्ध भएर लाग्नुपर्ने बताए । खुलेरै सरकारको आलोचना गरेका पूर्वप्रधानमन्त्री नेपालले सरकारको कामकारबाही चित्तबुझ्दो नभएकाले बोलीलाई व्यवहारमा उतार्नसमेत प्रधानमन्त्री खनाललाई आग्रह गरे । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खनालले केन्द्रीय समितिको बैठकसमेत रोकेर मनोमानी गरेको र त्यो धेरै दिन टिक्न नसक्ने चेतावनी एमालेका वरिष्ठ नेताहरुले दिएपछि खनाल सम्बन्ध सुधारका लागि भेटवार्तालाई प्राथमिकता दिएका हुन् । उनले यसअघि प्रभावशाली नेता केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमै पुगेर भेटेका थिए ।

No comments:

Pages