5/05/2011

प्रहरीले विरामीका आफन्त कुटे


सर्वोच्च अदालतको आदेश अनुसार भरतपुरस्थित क्यान्सर अस्पताल सुचारु गराउन माग गर्दै प्रदर्शनमा उत्रिएका विरामीका आफन्तलाई प्रहरीले कुटपिट गरेका छन् । 
प्रहरीले लाठी चार्ज गर्दा २० जना भन्दा बढी विरामी, उनीहरुको आफन्त र स्थाननियवासी घाइते भएका छन् ।
माओवादी निकट कर्मचारीहरुले कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण साहलाई काम गर्न नदिने अडान लिएपछि  बन्द भएका रेडियोथरापी, एनेस्थेसिया लगायतका आत्यावश्यकिय सेवा सुरु हुन सकेको छैन ।
साहको समर्थन गर्दै आएको कांग्रेसले सिंहलाई नै कार्यकारी निर्देशकको काम गर्न दिनु पर्ने अडान लिएको छ भने माओवादीले सिंहलाई काम गर्न नदिने अडान लिँदै आएको छ । कार्यकारी निर्देशक विवादका कारण दुई महिनादेखि अस्पताल अस्तव्यस्त हुँदै आएको छ ।

No comments:

Pages