6/30/2011

मलेसियामा आठ युवक अलपत्र

वैदेशिक रोजगारका लागि मलेसिया पुगेका सप्तरीको बैरबा गाविसका आठ युवक अलपत्र परेका छन् ।
सप्तरीकै एक जना एजेन्टमार्फत् मलेसिया पुगेका उनीहरू एजेन्टबाट ठगिएर अलपत्र परेका हुन् । यसरी अलपत्र पर्नेहरूमा बैरबा गाविस–४ निवासी सर्फराज मन्सुरी, अजाद मन्सुरी, जनिफ मन्सुरी, रज्जाक मन्सुरी, मर्तजा मन्सुरी, वडा नं ८ निवासी मोर्हम शेख, नासिर मन्सुरी र  वडा नं ९ निवासी तजमुदिन शेख रहेका छन् । राजविराज नगरपालिका –४ का एजेन्ट इमामुदिनमार्फत् प्रतिव्यक्ति ९५ हजार तिरेर मलेसिया पुगेका उनीहरू मलेसियाको सरमवन्द भन्ने स्थानमा अलपत्र परेको उनीहरूका परिवारजनले बताएका छन् । इलेक्ट्रोनिक्ससम्बन्धी काम गर्न भनेर आफूहरू यहाँ आएको तर सो काम नपाउँदा अलपत्र परेको उनीहरूमध्येका नासिर मन्सुरीले टेलिफोनमा बताएका छन् ।

No comments:

Pages