दोहास्थित नेपाली नियोगले संस्थागतरुपमा कतार आउने हरेक कामदारहरूको करारनामा (इम्प्लोइमेन्ट कन्ट्रयाक्ट) दूतावासमा पेश गर्नुपर्ने नयाँ प्रावधान १७ जुलाई (१ साउन) बाट लागु हुने जनाएको छ ।
१ जुलाईबाट लागु गर्ने तय भएपनि केहि प्राविधिक बन्दोबस्ती मिलाउनका लागि १७ जुलाईको मितिका लागि सारिएको हो ।ब्यक्तिगतरुपमा कामदारलाई कतार झिकाउँदा सो नियम गत १ मे (१८ बैशाख) बाट अनिवार्य गरिएको थियो । सो नियम अनुसार अवबाट भिसा जारी भएपछि प्रत्येक कामदारको भिसा र पासपोर्ट कपिसंगै सक्कली करार सम्झौता दूतावासमा पेश गर्नुपर्नेछ र दूतावासले सम्बन्धित निकायमा पठाउने ब्यवस्था मिलाउने छ । रोजगार सम्झौतालाई दूतावासले आफ्नो वेभसाइटमा पनि राख्ने बताएको छ । सो नयाँ नियमवारे नियोगले अनुमोदनका लागि नेपाल सरकारसमक्ष पठाइएको थियो ।
‘अधिकांस एजेन्सी र एजेन्टले नक्कली रोजगार सम्झौता पेश गरेर श्रम स्विकृति लिई कामदार पठाउने गरेकोले कामदारको आप्रवासन सुरक्षित हुन नसकेको हो । कतारमा नेपाली वैदेशिक रोजगार सुरक्षित र मर्यादित बनाउन पनि हरेक कामदारको करार सम्झौताको जाँच गर्नु जरुरी छ’ राजदूत डा. सुर्यनाथ मिश्रको अडान छ । यो अनिवार्यताले कामदारका समस्याहरू धेरै हदसम्म समाधान हुने र सरकारको वाञ्छित राजश्व पनि जोगिने विश्वास लिइएको छ ।
‘१ जुलाईबाट लागु गर्ने तय भएपनि केहि प्राविधिक बन्दोबस्ती मिलाउनका लागि १७ जुलाईको मितिका लागि सारिएको हो’ दित्तिय सचिव जय बहादुर राईले बताए– ‘समुदायको स्वागतपश्चात सम्बन्धित निकायमा पनि पत्राचार गरेका हौं, अव कार्यान्वयनको प्रकृयामा अघि बढ्दै छौं ।’
नेपाल र कतारविचको श्रम सम्झौताको धारा ७ को उपधारा २ अनुसार कामदार ल्याउनुपुर्व कामदारको रोजगार सम्झौताको ४ वटा प्रति तयार गरी १ प्रति कामदारलाई दिनुपर्ने, अर्को एक प्रति कम्पनीले राख्ने, तेसो प्रति यहाँको नागरिक सेवा मामिला मन्त्रालयलाई बुझाउनुपर्ने र चौथो प्रति नेपाल सरकारको श्रम तथा यातायात ब्यवस्था मन्त्रालयलाई बुझाउनुपर्ने प्रावधान रहेको छ ।
दीपक पौडेल
No comments:
Post a Comment