6/27/2011

संघ सस्था र एनसिसी बिवाद आपसी एकताको अभाव

रघु त्रिपाठी
दक्षिण कोरियाको पुरानो र नेपालीहरुको छाता सस्थाको रुपमा स्थापित नेपाली सम्पर्क समिति र कोरियामा कृयासिल रहेका अन्य संघ सस्था बीच सदेमुन स्थित एमटियूको सभाहलमा भएको ४ घण्टा लामो छलफल एक आपसमा आरोप, प्रत्यारोप र बिवादै बिवादमा सकिएको छ ।
नेपाली सम्पर्क समितिले अगामी चुसकमा साँस्कृतिक कार्यक्रम गर्न चाहाँने सकृय सस्थाहरुलाई आवेदन दिन आवहन गरेपछि गोरखा परिवार, सोलु सम्पर्क समिति ,चितवन सम्पर्क समिति, गुल्मी सम्पर्क समिति, नेपाल मगर संघ र कास्की परिवारले कार्यक्रम गर्न पाउँनु पर्ने दावी गर्दै ५लाख कोरियन वन दस्तुर सहित आवेदन दिएका थिए ।
एनआरएन आइसिसि सदस्य गंगा राई एनआरएन कोरियाका अध्यक्ष विनोद कुँवर जनजाती महासंघका अध्यक्ष चंङ्ग कुमार गुरुङ्ग नेपाल कोरिया ब्यापार संघका अध्यक्ष मदन केसी समाज सेबी मनोज कार्की लगायतका निर्णायक मण्डलले कार्यक्रम दावी गरेका ६वटै सस्थाका प्रतिनिधीहरुलाई सहमतिमा ल्याउँने गरेको प्रयास असफल भएपछि कार्यक्रम गर्न आवेदन दिएका मध्ये ३ वटा सस्था कास्की परिवार, चितवन सम्पर्क समिति र नेपाल मगर संंघलाई आगामी चुसकमा कार्यक्रम गर्ने अनुमति दिएको थियो ।
गोरखा परिवार, सोलु सम्पर्क समिति र गुल्मी सम्पर्क समितिले उक्त निर्णय निश्पक्ष नभएको भन्दै निर्णायक मण्डल प्रति आक्रोस ब्यक्त गरेका थिए । ती सस्थाहरुले तुरुन्त सो निर्णय फिर्ता लिन र सहमतिको बातावरण बनाउँन समेत आहवान गरेका थिए । सोलु परिवारका अध्यक्ष उत्तम गुरुङ्गले भने हामी यो निर्णय मान्दैनौ हाम्रो पूर्व घोषित कार्यक्रम आगामी सेक्टेम्वर १२ तारिख चुसकको दोश्रो दिन तय भएको छ सस्थाले कार्यक्रम गरेरै छाड्छ । उता गोरखा परिवारले पनि उक्त निर्णय विरुद्ध चर्को नारावाजी गर्दै चुसकको पहिलो दिन सेक्टेम्वर ११मा कार्यक्रम गर्ने घोषणा गरेको छ ।
कोरियाको माहाच चाड चुसक तथा सलनालमा पर्ने लामो छुट्टिहरुमा संघ सस्थाले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमलाई एकआपसमा नजुध्ने  गरि कसरी ब्यवस्थित र आपसी एक्ता कायम गराउँन सकिन्छ भन्ने उदेश्यले एनसिसीले आयोजना गरेको उक्त कार्यक्रममा ४ घण्टा लामो छलफल भएपनि सबैले मेरो गोरुको  १२टक्का भन्दै आफ्नो अडान नछाडेपछि सहमती भने कायम हुँन सकेन ।
हाल दक्षिण कोरियामा राजनीतिक, जातिय, क्षेत्रिय ,धार्मिक ,समाजिक लगायतका नाममा गठन भएका ६० भन्दा बढी संघ सस्थाहरु स्थापित छन् । कोरिया भुमीमा कृयाशील रहेका सामाजिक संस्थाहरुले प्रत्येक वर्ष कोरियमा आयोजना हुँने साँस्कृतिक कार्यक्रमहरुमा यस्ता खालका किचलो देखिने गरेको छ । उक्त कार्यक्रममा पनि आपसी एक्ता र अत्यन्तै सम्वेदनशिल विषयलाई छलफलको माध्यामबाट कसरी समाधान गर्ने भन्दापनि केहि ब्यक्तिहरु बिवाद खडागर्न तल्लिन देखिन्थे । कार्यक्रममा उपस्थित अधिकांस ब्यक्तीहरुले एनसिसिको कार्यसैली सन्तोषजनक नरहेको प्रतिकृया दिदै संघ संस्था खोल्ने र चलाउने कुरा कसैको व्यक्तिगत र पारिवारिक खांचो टार्ने उद्देश्यले प्रेरित भएर होइन सुद्द समाज सेवाको भावनाले पभावित हुनु पर्ने बताए । पत्येक समाजमा समाजिक सेवाका नाममा खुलेका संघ संस्थाहरुलाई नियमित र व्यवस्थित गर्न त्यस समाजको आवश्यकता अनुसार नियम पनि वनाइएको हुन्छ । त्यही निमयलॆ नै अनुगमन र नियमन पनि गर्ने गर्दछ । तर एनसिसिको कार्यक्षेत्र र प्रष्ट नियम समेत नभएकोले छाता सस्था मन्ने आधार नभएको आरोप लगाए ।
कार्यक्रममा नेपाली सम्पर्क समितिको औचित्य समाप्त भैसकेको भन्दै नेपाल सरकारको एक मात्र जिम्मेवार एजेन्सी नेपाली राजदूतावासले यस्ता समस्याहरुको निराकरण गर्ने र सबै नेपाली सामाजिक गतिविधिहरुलाई समन्वयात्मक सन्जालमा बांधेर स्वनियन्त्रित बन्ने तर्फ मियोको रुपमा काम गर्न सके समाज सेवाको वास्ताविक मर्म भित्र हाम्रा गतिविधिहरु पुग्न सक्ने धारणा राखेका थिए । कार्यक्रमको सभापतित्व समेत गरेका एनसिसिका अध्यक्ष डेविट राईले उठेका बिवादित सवालहरुलाई समाधान गर्न र सहमती कायम गराउँन सक्दो प्रयास गरेपनि सम्पूर्ण प्रयास निराधार बन्न पुग्यो । उक्त कार्यक्रमलाई सैयम्ता पूर्वक समितिका सचिव गीरीराज कुँवरले सन्चालन गरेका थिए ।

No comments:

Pages