वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपाली युवकको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दी मल्कवाङ–१ का २८ वर्षीय फरक छन्त्याल छन् ।
दुई वर्षअघि कामका लागि मलेसिया आएका उनी स्थानीय गोल्डेन इगल सेक्युरिटी नामक कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । छन्त्यालको ड्युटिमा रहेकै अवस्थामा रहस्यमय निधन भएको उनका सहकर्मीहरूले बताएका छन् । नेपालबाट गएलगत्तै काम सुरु गरेको कम्पनी छोडी उनी गैरकानुनी रूपमा अन्तै काम गर्दै आएको बताइएको छ । मृतकको घरायसी अवस्था नाजुक रहेकाले उनका परिवारलाई आर्थिक सहयोग गर्न उनका सहपाठीहरूले त्यहाँस्थित नेपालीहरूका विभिन्न संघसंस्था र व्यक्तिहरूलाई आग्रह गरेका छन् ।
No comments:
Post a Comment