6/30/2011

एनआरएनमा अर्को नौटंकी

हालै सम्पन्न एनआरएन बेल्जियमको अध्यक्षमा निर्वाचित जानकि गुरुगलाई पहिलो महिला राष्ट्यि अध्यक्ष भनेर प्रचार भए पछि गैर आवासीय नेपाली सघं अष्टेलियाले पहिलो अध्यक्ष शुभ राना भएको दावी गरेको छ ।
एनआरएन अष्टेलियका अध्यक्ष डा श्याम उपाध्यक्षले एनआरएनएका अध्यक्ष देवमान हिराचनलाई पत्र लेख्दै उक्त दावी गरेका हुन । डा उपाध्यायको पत्रमा भनिएको छ, गैर(आवासीय नेपाली संघ अष्ट्रियाका पहिलो अध्यक्ष श्रीमती शुभा राना हुनुहुन्थ्यो जो १८ जनवरी २००४ मा सो पदमा निर्वाचित हुनुभएको थियो । उहाँ पहिलो अध्यक्ष भए नभएको दाबी हामिले गरेका थियनौं, तर हाल २०११ मा बेल्जियममा निर्वाचित महिला पहिलो अध्यक्ष भन्ने समाचार कान्तिपुरमा प्रकाशित भएकोमा हामीलाई आश्चर्य लागेको छ ।
जहाँसुकै पनि महिला सदस्यबाट भएको प्रगतिबाट हामि खुशि छौं । तथापि समाचारको सत्यता निर्क्योल नगरी यस्तो सूचना कान्तिपुर जस्तो राष्ट्रको एक प्रमुख समाचारपत्रबाट प्रबाहित भएकोमा खेद प्रकट गर्दै उक्त समाचारको खण्डन गर्न चाहन्छु पत्रमा उल्लेख छ। साथै पत्रमा एनआरएन अध्यक्ष देवमान हिराचनलाई रेकर्ड हेरी सत्य तथ्य जानाकारि गराउन अनुरोध गरिएको छ ।

No comments:

Pages