6/28/2011

जापानमा व्यवसायीको मृत्यु

एक नेपाली रेष्टुरेन्ट व्यवसायीको जापानमा  निधन भएको छ । यामागाताकेनको साकातामा रेष्टुरेन्ट व्यवसाय
सञ्चालन गर्दै आएका गुल्मी वामी ( २ का भीमप्रसाद फुल्लेलको मृत्यू भएको हो । गुल्मीबाट बसाई सरी गरी हाल रुपन्देही शंकरनगरमा बसोबास गर्दै आएका ४७ बर्षीय फुल्लेल सन् १९९१ देखि जापानमा बस्दै आएका थिए ।
तीन महिना अगाडि मात्र फुल्लेल नेपाल गएर परिवारलाई भेटेर आएका थिए । उनको ३ छोराहरु र श्रीमती नेपालमा छन् ।

No comments:

Pages