6/29/2011

विद्यार्थीलाई एनआरएनको सहयोग

शैक्षिक अवसरबाट वञ्चित विभिन्न क्षेत्रका विद्यार्थीलाई  गैरआवासीय नेपाली संघले छात्रवृत्ति दिएको छ ।
सिनर्जी फाउन्डेसनमार्फत एनआरएन, अमेरिका काउन्सिलका पूर्व उपाध्यक्ष होमराज आचार्यले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग जुटाएका हुन् ।
सिन्धुपाल्चोक भुवनेश्वर उच्चमावि कक्षा ११ मा अध्ययरत दस विद्यार्थीलाई उनले एकमुष्ठ २५ हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी काभ्रेपलान्चोकका दुई विद्यार्थीलाई ४ हजार र सुनसरीका दुई जनालाई १२ हजार रुपैयाँ दिए ।
शिक्षा मन्त्रालयमा बुधबार एक समारोहबीच शिक्षासचिव शंकर पाण्डेले ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।

No comments:

Pages