दिनेश कार्की
नेपाली युवाहरु कामका लागि देश बाहिर जाने क्रम शुरु भएको शताब्दीऔं भईसक्यो। अरनिको र उनको साथमा केही युवाहरु तिब्बत गएको इतिहासले शताब्दी औं अगाडि देखि युवाहरु रोजगारीका लागि देश बाहिर जाने क्रम शुरु भएको प्रमाणित हुन्छ।
प्रारम्भीक अवस्थामा नेपालको बैदेशिक रोजगारीको निम्ति छिमेकी मुलुक भारतमा नै केन्द्रीत थियो। अहिले नेपालीहरु विश्वको दुई सय भन्दा बढी मुलुकहरुमा ब्यवसाय तथा अध्ययनका लागि पुगेका छन् भने रोजगारीका लागि १०८ वटा भन्दा बढी मुलुकमा पुगिसकेका छन्। रोजगारी, अध्ययन तथा ब्यवसायका लागि विदेशिनेको क्रम बढ्दो छ। दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक सय भन्दा बढी नेपालीहरु विदेश जाने गरेको पाईन्छ। त्यस्तै छिमेकी मुलुक भारतीय बाटो हुँदै रोजगारीका खाडी मुलुक जानेहरुको संख्याको कुनै लेखा जोखा नै छैन। नेपाली युवाहरु कामका लागि देश बाहिर जाने क्रम शुरु भएको शताब्दीऔं भईसक्यो। अरनिको र उनको साथमा केही युवाहरु तिब्बत गएको इतिहासले शताब्दी औं अगाडि देखि युवाहरु रोजगारीका लागि देश बाहिर जाने क्रम शुरु भएको प्रमाणित हुन्छ।
पछिल्लो समयमा बैदेशिक रोजगारीका लागि सबैको गन्तब्य मलेसिया बनेको छ। दैनिक ठूलो संख्याको मात्रामा युवाहरु मलेसिया भित्रिरहेका हुन्छन्। साच्चै भन्ने हो भने नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानीथलबाट मलेपसिया उडान हुने प्रत्येक जहाजमा ७० प्रतिशित भन्दा बढी नेपालीले नै भरिएको हुन्छ। अहिलेसम्म मलेसियामा १७ लाख नेपालीहरु भित्रिसकेका छन्। यो क्रम बढ्दो छ। मलेसियामा नेपाली कहिले देखि भित्रन थाले भन्ने इतिहास खोज्दा निकै लामो सयम देखिन्छ। सन् १९३० तिर रबर प्लान्टेसनका मालिकहरु ९ब्रिटिस० त्यसबखतको बर्मा र भारतको आसाम गएर त्यहाँ रहेका नेपालीहरुलाई प्लेनमा हाली मलेसियामा ल्याएर प्लान्टेसनमा काम लगाएको भेटिन्छ। कोही लामा, राई अनि मनाङ्गे पनि आफू खुसी आए। त्यसबखत नेपाल जानलाई सुगम थिएन र सरकारसँग नेपालीहरुलाई लैजाने सम्झौता पनि थिएन। भारत र बर्मामा पहिले देखि गएर बसोबास गरेका नेपालीहरुलाई सजिलो थियो किनभने ती दुबै मुलुकहरु ब्रिटिस उपनिवेशश थिए। यस्तै एउटा नेपालीको समूहलाई पाहाङ्ग राज्यको राउब ९च्बगद० भन्ने ठाँउ नजिकैको सुन खानीमा काम गर्न ल्याईएको थियो थर भने अनुसारको सेवा सुविधा नपाएकाले काम गर्दैनौं भनेपछि गोराहारुले तिमिहरु ज्ता जान्छौं जाओ भनेपनि त्यो समुह रबर प्लान्टेसन तिर लाग्यो। प्लान्टेसनमा आएर नेपालीहरले काम गरेका थिए। द्यबतगल भकतबतभ मा काम गर्ने नेपालीहरुका लागि एक मन्दीर पनि थियो जुन धार्मिक आस्थाका कारण अझै पनि त्यो भत्काईएको छैन। त्यहाँ एउटा विद्यालय पनि सञ्चालन गरिएको थियो।
मलेसियाकै रावाङ्गमा बसोबास गरिरहनु भएका एक मलेसियन नेपालीको भनाईमा उहाँको बुबा सन् १९४८ मा मलेसियामा सपरिवार आउनु भएको हो। त्यसबेला त्यहाँ ३र४ वटा बस्ती थियो। यहाँ आउनु अघि उहाँको बुबा थाइलेण्डमा खेतिपाती गरेर एक सय गाई पालेर बस्नु भएको थियो रे। त्यहाँ उहाँको बुबा ठाँटका साथ बन्दुक बोकेर शिकार पनि खेल्नुहुन्थ्यो रे।
सन् २००१ देखि रोजागारीका लागि मलेसियाले लिएको खुल्ला नीतिका कारण नेपालीका लागि पहिलो प्राथमिकता मलेसिया बन्न पुग्यो अहिले मलेसियास्थित नेपाली दूतावासको तथ्यांक अनुसार करिब २ लाख नेपाली कामदारहरु बैधानिक र रुपमा कार्यरत छन् भने अवैधानिक रुपमा काम गर्ने कति छन् त्यसको यकिन तथ्यांक उपलब्ध छैन। अधिकांश कामदारहरु दुई बर्षको काम गर्ने करार लिएर मलेसिया छिर्ने गर्छन्। प्राय आफ्नो करार अवधि सकिन साथ फर्किन्छन् भने केही करार अवधि दुई बर्था थपाएर बस्ने गरेको पाईनछ। मलेसियन कम्पनीको नजरमा नेपाली कामदारलाई अनुशासित, ईमान्दार, हासि हासि कडा परिश्रम गर्न सक्ने र अति मिलनसारको रुपमा लिएको पाईन्छ। कतिपय कम्पनीहरुले त नेपालीलाई भिषा थप्न लगाएर ८र९ बर्ष सम्म राख्ने गरेको पाईन्छ। कोही नेपाली भने राम्रो कम्पनी भयो भने करार सकिएर नेपाल फर्किए पनि पुनः कागजात मिलाएर फेरी सोही कम्पनीमा जाने गरेको पाइन्छ। सेक्युरिटी क्षेत्रमा पनि नेपाली कामदारहरुलाई पहिलो प्राथमिकता दिईन्छ। अहिले विशेष गरी अवैधानिक रुपमा मलेसियामा काम गर्दै आएका अधिकांश नेपालीहरु सेक्युरिटी गार्डको रुपमा काम गर्ने गरेको पाईन्छ। त्यस्तै प्लान्टेसनको भिषा लगाएर स्वतन्त्र रुपमा काम गर्नेहरुको पनि पहिलो रोजाई सेक्युरिटी नै पर्ने गरेको छ। मलेसियामा नेपाली कामदारको मृत्युःरोजगारीका लागि मलेसिया पुगेका नेपालीको सन् २०१० मा मात्र २ सय १७ जनाको मृत्यु भएको छ । सन् २००५ देखिको अहिलेसम्मको मलेसियाको तथ्यांक हेर्दा यो सबैभन्दा बढी हो। सरकारी तथ्यांक अनुसार खाडी मुलुक मलेसिया, साउदी अरब, युएई, कतार, ओमान लगायतका देशमा आठ सय भन्दा बढीले ज्यान गुमाएको उल्लेख छ भने सबैभन्दा बढी साउदी अरबियामा ३ सय २३ नेपाली कामदारले ज्यान गुमाएका छन्। खाडी मुलुकमा रहेका नेपाली नियोगले दिएको तथ्यांक अनुसार १ सय ९२ कतार, ९४ युएई र लेबनानमा १० नेपाली कामदारका मृत्यु भएको छ। बैदेशिक रोजगारीका लागि सबैभन्दा बढी नेपाली भित्रने मलेसियमा सन् २०१० भित्रमा २ सय १७ जना नेपालीले ज्यान गुमाएका छन्। जसमध्ये सबैभन्दा बढी २८ जनाले आत्महत्या गरेका छन्। २६ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ भने १७ जनाको कार्यक्षेत्रमा भएको दुर्घटनामा मृत्यु भएको छ। त्यस्तै ८ जना रोगका कारण र १ सय ३८ अन्य कारणबाट मृत्यु भएको छ। अन्य कारणमा सुतेको सुत्यै हुने, आपसी झगडा, हत्या, हृदयघात लगायतका रहेका छन्। धेरैजसो जनचेतनाको अभावल् मृत्यु भएको हो । मलेसियाका लागि नेपाली राजदुत डा। ऋषी अधिकारीले भन्नुभयो । अभिमुखीकरण तालिम झारा टार्ने मात्र भएको छ, तालिम नै नदिई प्रमाणपत्र थमाएर पठाउनु भनेको मर्न पठाउनु हो। म्लेसियाको ट्राफिक ब्यवस्था, गाडीको गति, बाटो काट्ने ब्यवस्था लगायतका विषयमा स्पष्ट जानकारी नदिदा सडक सडक दुर्घटनाबाट मृत्यु हुने नेपालीको संखया बढेको अधिकारीले बताए। त्यसैगरी सुतेको सुत्यै हुने समस्या पनि मलेसियामा धेरै छ। सुत्ने स्थानमा पर्याप्त अक्सिजनको कमि तथा काम र आरामबीचको तालमेल नहुँदा यस्तो समस्या आउने गरेको मलेसियास्थित चिकित्सकहरुको ठहर छ। सुतेको अवस्थामा मृत्यु हुने अधिकांश नेपाली कामदारहरुले ईन्सुरेन्स बापतको रकमबाट समेत बञ्चित हुने गरेका छन्। सुतेको सुत्यै हुने, हृदयघात तथा हत्या लगायतका घटनामा मृतका परिवारले इन्सुरेनसबापतको रकम समेत पाउदैनन्। कार्य क्षेत्रमा बाहेक अन्यत्र क्षेत्रमा भएका दुर्घटनामा बिमा नहुनाले अधिकांश मृत्युका घटनामा कामदारले क्षतिपूर्ती रकम पाउन सकेका छैनन्। मलेसियन श्रम ऐन अनुसार कार्यक्षेत्रको मात्र दुर्घटना बिमा हुने गर्दछ। मलेसियामा मृत्युको अर्को कारण आत्महत्या पनि एक हो । सन् २०१० मा मात्रै २८ जना नेपाली कामदारले आत्महत्या गरेका छन्। यो संख्या २००९ मा २२, २००८ मा १५, २००७ मा १८, २००६ मा १८ र २००५ मा १२ जना रहेको थियो। मलेसियामा भनेजस्तो काम र पारिश्रमिक नपाउनु, करार अवधि सकिएर स्वदेश फिर्ने बेलासम्म पनि आएको ऋण तिर्न नसक्नु, घरमा अनावश्यक झमेला र विवाद बढ्नु र आत्महत्या गर्ने गरेको पाईन्छ। सन् २०१० मा मात्र खाडी मुलुकमा १ सय ६० जनाले आत्महत्या गरेका छन्।
मलेसियामा नेपाली कामदारको अवस्थाःरोजगारीका लागि मलेसिया पुगेका नेपालीको सन् २०१० मा मात्र २ सय १७ जनाको मृत्यु भएको छ। जसमा औधोगिक दुर्घटनामा १७, रोगका कारण ८, सडक दुर्घटनामा २६, आत्महत्यामा २८, अन्य कारणबाट १ सय ३८ जनाको मृत्यु भएको छ। यो त भयो प्राप्त तथ्यांक तर कतिपय मृत्युका घटनासमेत उपलब्ध हुँदैनन्। सन् २००१ अगाडि थाईलेण्ड हुँदै मलेसिया छिर्नेको अवस्था कस्तो थियो त्यो यकिन भन्न सकिदैन। पछि २००१ यता मलेसियामा पुगेका नेपाली कामदारहरुको अवस्था समग्रमा कष्टदायी नै भएको पाईन्छ। मलेसियाबाट प्रकाशित हुने नेपाली भाषाका अखबारहरुमा प्रत्येक साता सुतेको सुत्यै मृत्यु, सडक दुर्घटनामा मृत्यु, घाईते, अङ्गरभङ्ग भएका समाचार, नेपाली कामदारको होस्टल चोरी, स्थानीय गुण्डा तथा लुटेरको आक्रमण, नक्कली प्रहरीद्धारा लुटिने पिटिने, कम्पनी मालिकद्धारा नेपाली कामदार कुटिए, कम्पनीबाट नेपाली कामदार निकालिएका यस्तै यस्तै समाचार प्रत्येक साता प्रकाशित हुने गरेका छन्। प्रत्येक साता कम्तिमा ५ जना भन्दा बढी मृत्युका समाचार प्रकाशित हुने गरेका छन्। जसमध्ये सबैभन्दा बढी सुतेको सुत्यै अवस्थामा मृत्युका घटना हुने गरेका छन्। जुन अहिलेसम्म रहस्यमय नै छ। रोजगारीका लागि मलेसिया जाने अधिकांश कामदारहरु नेपालबाटै ठगीने शिलशिला शुरु हुन्छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै मलेसिया जाँदा दुई दुईवटा सम्झौतापत्र बोकेर जान्छन्। मलेसिया स्थित क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलमा कम्पनी मालिक लिन नआउँदा चिसो भुईमा खाली पेट सुत्दा देखि लिएर तीन बर्षसम्म दैनिक १२ देखि १४ घण्टा सम्म मेसिनसँग संघर्ष गर्दाको पीडा झनै दर्दनाक हुन्छ। मलेसियामा कार्यरत ८० प्रतिशित नेपालीको एउटै गुनासो हुने गर्छ । हामीलाई मेनपावरले झुक्यायो, कडा परिश्रम कम पारिश्रमिक । मुलतः मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था यहिँ नै हो। कहाँ के कति नेपाली कामदारको अवस्था कस्तो छ त्यो भन्न गाह्रो भएतापनि समग्रमा जसोतसो जीवन विताईरहेका छन्। मलेसियामा कार्यरत नेपाली कामदारमाथि हुने गरेका समस्याका प्रकारहरु निम्नानुसार छन् ः
१ कतिपय रोजगारदाता र कामदारदाताहरुमा कानूनबारे अनविज्ञता
२ गुनासोकर्ता कामदारलाई रोजगारदाताले निर्दयी ब्यवहार गर्ने
३ राहदानी प्रवेशज्ञा, कार्य अनुमतिपत्र जस्ता महत्वपूर्ण कागज खिची कम्पनीबाट बाहिर जानसाथ गैह्र कानूनी कामदार बन्नु पर्ने अवस्था कम्पनीले बनाईदिने
४ धम्की दिने, हातपात गर्ने
५ साथमा भएको नगद तथा जिन्सी खोसि दिने
६ कोठाभित्र बन्द गरी राखी दिने
७ कतिपय अवस्थामा उजुरी गुनासो गर्ने उचित स्थानको पहिचान र पहुँच असम्भव प्राय रहने भएकाले ऐक कानूनको प्रक्रिया पूरा गर्न सामान्य कामदारले नसक्ने
८ गुनासो सुनुवाई र सामाधानको प्रक्रिया लामो हुने
९ रोजगारदातासँग विवाद परेपछि पारिश्रमिक बिहिन भएर लामो समयसम्म मलेसियामा रही मुद्दा लडिरहन नसक्ने
१० रोजगारदाताले गरेको अन्यायको विरोध गर्न वा जायज माग पूरा गराउन वार्ता सम्भव नभएमा हड्ताल गर्न नपाउने प्रवाधान हुनु।
मलेसियामा नेपाली संघसंस्थाः
एकले थुकी सुकी, सयौंले थुकी नदी भने झैँ मलेसियामा पुगेका नेपालीहरु विभिन्न रुपमा र नाममा संगठीत भएका छन्। जातीय, क्षेत्रीय, धार्मिक, भौगोलिक हिसाबमा विभिन्न नाम र उपनामले संगठीत भएर बसेको पाईन्छ। मलेसियामा पहिलो नेपाली संस्थाको खोजी गर्दा सन् १९७४ मा स्थापना भएको भेटिन्छ। सन् १९३० तिर मलेसिया पुगेका नेपालीहरुका लागि नेपाली भाषा, रीतिरिवाज, संस्कृति प्रर्वद्धन गर्न केही अगुवाहरुले सन् १९७४ मा गोर्खा सोसाईटी स्थापना भएको थियो। सो सोसाईटीको पहिलो संस्थापक अध्यक्ष भक्तबहादुर राना र सचिव गणेशबहादुर राना हुनुहुन्थ्यो भने संस्था दर्ता हुन ३र४ बर्ष लागेको थियो। हाल सोसाईटीमा २०० सदस्यहरु छन् भने मलेसियन नागरिक भईसकेका नेपालीहरु करिब १००० जति छन्। वि।सं। २०४६ मा प्रजातन्त्रको पूर्नवहाली पश्चात विभिन्न संघ संस्था खोल्ने क्रम तीब्र भयो। काठमाडौंमा बसोबास गर्ने विभिन्न जिल्लाबासीहरुले आ�आफ्नो जिल्लाको नामबाट सम्पर्क मञ्च वा सेवा समाज गठन गर्ने क्रमले पछि विकास पायो। पछि २०६२र०६३ को जनआन्दोलन पछि यो झन् तीब्र रुपमा बढ्यो। जसबबाट मलेसिया पनि अछुतो रहन सकेन। सन् २००१ पछि नेपालीहरु मलेसियामा काम गर्न खुल्ला भएपछि विस्तारै विस्तारै संघ संस्थाके विकास भएको पाईन्छ। हाल मलेसियामा रहेका संघ संस्थालाई चार भागमा विभाजन गर्न सकिन्छ।
क. पहिलोः क्षेत्रीय सम्पर्क मञ्च तथा समाज
१ चितवन सम्पर्क मञ्च
२ गोर्खा सम्पर्क मञ्च
३ प्रवासी इलामेली सम्पर्क मञ्च
४ तनहुँ सेवा समाज
५ कास्की सम्पर्क मञ्च
६ ताप्लेजुङ्ग प्रवासी समिति मलेसिया
७ ताप्लेजुङ्ग पाथीभरा सम्पर्क मञ्च
८ सिन्धुली समाज
९ बर्दिया युवा समुह
१० भोजपुर सेवा समाज
११ काभ्रेली समाज
१२ झापा सम्पर्क मञ्च
१३ सुनसरी युवा समाज
१४ रुकुमेली सेवा समाज
१५ रसुवा समाज सम्पर्क मञ्च
१६ पाल्पा सेवा समाज
१७ राप्ती सेवा समाज
१८ सुदुपश्चिमेली सेवा समाज
१९ धौलागरी सेवा समाज
२० स्याङ्गजा सेवा समाज
२१ खोटाङ सेवा समाज
२२ बारा क्लब
ख. दोस्रोः सामजिक संगठन अन्तर्गत
१ गैर आवासीय नेपाली संघ मलेसिया
२ प्रवासी जनकल्याण युवा समूह
३ प्रवासी जनजागृति युवा समूह
४ प्रवासी नेपाली एकता समाज पाहाङ
५ प्रवासी उद्दार समिति
६ सामाजिक सेवा केन्द्र
७ नेपाल आत्मीय कल्याण समाज
ग तेस्रोः साहित्यीक संघ संस्था
१ अन्तराष्ट्रिय नेपाली साहित्य समाज
२ नयन साहित्यीक समाज
३ नेपाली साहित्य इपो
४ उदाउदो तरा साहित्यीक समाज पेनाङ्ग
५ अनाम मण्डली मलेसिया
घ. जातीय संघसंस्थाहरुः
१ किरात याक्थुङ्ग चुम्लुङ्ग
२ किरात राई यायोख्खा
३ किरात याख्या धुम्मा
४ प्रवासी मगर संघ
५ प्रवासी तामाङ् एकता समाज
६ नेपाली तमु समाज मलेसिया
७ शेर्पा समाज
८ खस क्षेत्री एकता समाज
९ मंगोल नेश्नल अर्गनाईजेशन
ङ. पाँचौः राजनीतिक संगठनहरु
१ जनप्रगतिशिल मञ्च मलेसिया (एमाओवादी)
२ संघीय लिम्बुवान राज्य परिषद्
३ नेपाली कांग्रेस सम्पर्क मञ्च
४ जिफन्ट मलेसिया (एमाले)
च. सञ्चार माध्यमको विकास र संरक्षणका लागि
१ नेपाल पत्रकार महासंघ मलेसिया शाखा
छ. ब्यापार व्यावसाय संरक्षण र विकासका लागि
१ नेपाल विजनेश सोसाईटी अफ मलेसिया
छ दर्जन बढी जातीय क्षेत्रीय सामाजिक राजनीतिक संघसंस्थाहरु मलेसियामा क्रियाशिल छन्। कानूनी रुपमा मलेसियामा कार्यरत नेपाली कामदारहरुलाई कुनै राजनीतिक, सामाजिक उद्देश्य लिएर संघ संगठन चलाउन पाईदैन तर पनि झण्डै छ दर्जन बढी सञ्चालन हुनु आफैमा चुनौतीपूर्ण कार्य हो। जसले नेपाल र नेपालीप्रतिको सद्भाव, माया, सरयोग, सुझाव सल्लाह जस्ता कुराहरु दिई अभिभावकको रुपमा देखा परेका छन्। जुन एकदमै सह्रानीय छ। यद्यपी ३ बर्षको करार अवधि सकिएर नेतृत्व नेपाल फर्कदा प्राय यस्ता संघसंस्थाहरु विलिन समेत हुने गरेका छन्। अर्कोतिर आफूलाई हिरो बनाउनु पनि यस्ता संघसंस्थाहरु खोलिने गरेको कुरालाई नकार्न सकिन्न। मलेसियामा पछिल्लो समयमा आएर देखा परेका जातीय, क्षेत्रीय, राजनीतिक, समाजिक संघ संगठनहरुले गर्दै आएका कार्यहरु कतिपय अवस्थामा निन्दनीय समेत हुने गरेका छन्। जसले गर्दा त्यस्ता संगठनहरुले गर्दै आएका कार्यहरु गैर राजनीतिक, गैर सामाजिक रुपमा प्रस्तुत हुनाले सामाजिक रुपमा विलिन हुन थालेका छन्। नेपाल र नेपाली भन्दा पनि जातजाती, क्षेत्र र धर्मको रुपमा अगाडि बढाउन थालिएको पाईन्छ। नेतृत्व र आफूलाई अगाडि बढाउन प्रेरित रहेको पाईन्छ। जसले गर्दा मलेसियामा कार्यरत श्रमिकहरु अन्योलग्रस्त छन्।
अर्कोतर्फ हेर्ने हो भने त्यस्तै संघसंस्थालाई पैसा कमाउने माध्यमको रुपमा प्रयोग गरिदै आएको छ। विभिन्न चाडपर्वको नाममा सांस्कृतिक कार्यक्रको बहानामा लाखौं रुपैयाँ कुम्ल्याउने गरिन्छ। मेनपावरको काम, होटल ब्यवसाय, एयर टिकट लगायतका ब्यापारमा प्रयोजन हुने गरेको छ। समग्रमा भन्नुपर्दा मलेसियामा क्रियाशिल अधिकांश संघसंस्था पदोलुप्ता र सस्तो लोकप्रियताकै लागि सञ्चालित छन्।
मलेसिया र नेपाली सञ्चार माध्यमः
विश्व अहिले द्रुत गतिमा विकास भईरहेको सूचना प्रविधिसागै आम सञ्चार तथा पत्रकारिता क्षेत्रमा उल्लेख्य प्रगति भईरहेको छ। जसबाट रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरु अछुतो रहन सकेनन्। जुन नेपालीमा हुने सृजनाशिलता पनि हो। राजनीतिक तरलताले निम्त्याएको समस्याका कारण उत्पन्न बढ्दो बेरोजगारी, हत्या, हिंसा, लुट, आतंक, अपहरण, भूमाफियाको बढ्दो सक्रियता, लोडसेडिङ र त्यसले निम्त्याएका समस्या, प्राकृतिक स्रोत र साधनको बढ्दो दुरुपयोग जस्ता विविध कारणको सिकार बनेर रोजगारीको खोजीमा विदेशीको कठपुतली बन्ने पुगेका प्रवासी नेपालीको सञ्चार क्षेत्रप्रति देखाएको झुकाव र माया बढ्दो छ। फलतः मलेसियामा कार्यरत श्रमिकहरुले आधा दर्जन भन्दा बढी साप्ताहिक अखबारहरु प्रकाशनमा ल्याईरहेका छन्। दर्जनौं साहित्यक पुस्तकहरु प्रकाशनमा ल्याएका छन्। आफ्नै पैसाले आफै बेचीएर विदेशि कम्पनी मालिक र एजेन्टको कठपुतली बन्न पुगेका नेपालीहरु सञ्चार क्षेत्रप्रति झुकाव राख्नु वा हाम फाल्नु चानचुने कुरो पनि होईन। प्रवासमा रहेर पत्रकारिता गर्नु वा योसँग सम्वद्ध क्रियाकलापको हिस्सेदारी बन्नु आफैमा चुनौतीपूर्ण र सह्रानीय काम हो। सन् २००१ देखि नेपाली कामदारका लागि मलेसिया प्रवेश गर्न बैधानिक ढोका खुले लगत्तै पत्रकारितामा क्रमशः विकास भएको पाईन्छ। शुरुका दिनमा मलेसियामा रहेका नेपाली माझ नेपालबाट प्रकाशित हुने अखबारले सूचना प्रवाह गर्दर्थे। त्यसले लामो समयसम्म निरन्तरता भने पाउन सकेन। यद्यपि अहिले पनि नेपालबाट प्रकाशित हुने अखबारहरुको मलेसियामा बजार राम्रै छ। तर विशेष गरी मलेसियामै प्रकाशित हुने अखबारहरु नै मलेसियामा कार्यरत नेपालीहरुका लागि महत्वपूर्ण मानिन्छन्। सन् २००२ को अन्त्यदेखि मलेसियामा नेपाली अखबारको प्रकाशन भएको छ। मलेसियामा अहिलेसम्म नेपाल सन्देश, नेपाल पृष्ठभूमि, श्रम साप्ताहिक, मंगोल भिजन, नेपाल खबर, नेपाली खबर, हाम्रो पत्रिका, नयाँ संघर्ष, महिमा, श्री अभिलेख, आवाज गरी एक दजन बढी साप्ताहिक रुपमा अखबारहरु प्रकाशनमा आईसकेका छन्। जसमध्ये नेपाल सन्देश, नेपाल पृष्ठभूमि, श्रम साप्ताहिक, नेपाली खबर, हाम्रो पत्रिका, आवाज अहिले पनि सञ्चालानर्थ छन् भने अन्य बन्द भईसकेको अवस्था छ। मलेसियामा प्रकाशित हुने नेपाली अखबारले त्यहाँ रहेका नेपालीलाई खबर प्रदान मात्र गरेनन् ती पत्रिकाले मलेसियामा ब्यापार गरिरहेका नेपाली ब्यवसायीहरुको ब्यवसायलाई प्रवर्धन गर्ने काम समेत गरिरहेको छ। मलेसियामै स्थापीत संघसंस्थालाई नेपाली जनमानसमा पुर्याउने पुलको काम पनि नेपाली अखबारहरुले गरिरहेका छन्। त्यतिमात्र हाईन मलेसियाभरी छरिएर रहेका नेपाली बीच भेटघाट गराउने, नेपालीलाई दैनिक जीवयन यापनका सामान्य तर महत्वपूर्ण सूचना आदानप्रदान गर्ने, दिनभरको कामको थकाईलाई कोठामा समय विताउने, ज्ञानमुलक साधन समेत बन्ने गरेका छन्। एउटा नेपालीलाई कुनै समस्या परेको नेपालीलाई सहयोग गर्ने पुलको भूमिका निर्वाह गर्ने गरेको छ। त्यसैगरी आईभिआर न्युज, नेपाली मलाय खबर डटकम, लगायतका सञ्चार माध्यम पनि नेपाली कामदार माझ लोकप्रिय छन्। नेपाल पत्रकार महासंघ मलेसिया शाखाका अनुसार विभिन्न सञ्चार माध्यममा १०० बढी कार्यरत छन्। यद्यपी मलेसियामा पछिल्लो समयमा आएर सञ्चार माध्यम सूचना प्रवाहका साथ साथै आर्थिक उपार्जन धारिलो हतियार बन्दै आएको छ। आर्थिक प्रलोभनले गर्दा पछिल्लो समयदेखि मलेसियाको पत्रकारिता क्रमशः धमिलिदै गएको छ। एउटा अखबार र अर्को अखबार जिम्मेवारबीच राम्रोसँग बोलचाल समेत भएको पाईदैन। आज भन्दा केही महिना अगाडि त एउटा पत्रिकाका सञ्चालक सम्पादकलाई अर्को पत्रिकाले आलोपालो गाली गलौच समेत गर्ने गरिएको छ।
मलेसियामा पत्रकारिता क्षेत्रमा देखिएको समस्याः
मलेसियामा अहिले पनि आधा दर्जन जति नेपाली अखबारहरु प्रकाशित हुदै आएका छन्। गैर कानूनी रुपमा सञ्चालित अखबार मलेसियामा कहिले बन्द हुने त कहिले सञ्चालन हुने गर्दा निरन्तरता भने कमै अखबारले मात्र पाईरहेका छन्। मलेसियाको सबैभन्दा जेठो अखबार श्रम साप्ताहिक, त्यसपछि नेपाल पृष्ठभूमि र नेपाल सन्देश हुन्। निकै लामो समय देखि नेपाली अखबारहहरु मलेसियामा प्रकाशित हुँदै आएतापनि गुणस्तरीयता भने उनीहरुले दिन सकेको पाईदैन। विभिन्न अनलाईन सञ्चारमाध्यमबाट साभार गरिएका सामाग्रीहरु नै मलेसियाका अखबारका मूख्य सामाग्री हुन्। जसले गर्दा ताजा समाचार भन्दा पुराना र बासी समाचारहरु मलेसियामा बसोबास गर्ने नेपालीहरु बाध्य छन्। अर्को आश्चर्यको कुरा के छ भने मलेसियामा प्रकाशित हुने अखबारका कतिपय सम्पादकहरु एसएलसी उर्त्तिण समेत गरेको पाईदैन। नेपाल पत्रकार महासंघ मलेसिया शाखामा अझै पनि एसएलसी उर्त्तिण नगरेका पदाधिकारीहरु कार्यरत छन्। जसले गर्दा मलेसियामा प्रकाशित हुने समाचार र त्यहाँको पत्रकारिता २०४१ साल भन्दा अगाडिको जस्तो छ।
अबैधानिक कामदार
मलेसियामा अबैधानिक रुपमा बसेर लुकि छिपी काम गर्दै आएका ३हजार ४सय ८ नेपाली कामदार २०१०मा नेपाल फर्केका छन्। यो संख्या मलेसिया स्थित नेपाली दुतावासले जारी गरेको यात्रा मनुमती पत्रलाई आधार मानीएको हो। यो वर्ष नेपाली दुतावास मलेसियाले पासपोर्ट कम्पनीमै छोडी, कम्पनीबाट भागेर अन्य ठांउमा आफै खोजेर काम गर्ने अबैधानीक कादारका नाममा नेपाल फर्कने दस्तावेजको रुपमा ३हजार, ४सय, ८ ट्राभल डकुमेन्ट जारी गरेको छ। नेपालबाट तोकिएको कम्पनीमा काम गर्ने भनि मलेसिया आएका कामदारले मलेसिया पुगेर अर्को कम्पनीमा काम गर्नु बिदेशी कामदारलाई लागु गरिने मलेसियन श्रन ऐन बिपरित हो। यस अघिका वर्षहरुलाई हेर्दा, अहिले मलेसियमा आफ्नो पासपोर्ट कार्यरत्त कम्पनीमै छोडेर भाग्ने, अबैधानीक बन्ने र दुतावासबाट एक महिने यात्रा अनुमती पत्र लिने क्रम फेसनकै रुपमा मौलाएको छ। दुतावासको रेकर्डमा २००७, ५सय७१जनाले ट«ाभल डकुमेन्ट लिएका थिए, ००८मा यो संख्या ह्वात्तै बढेर २हजार ८पुग्यो, ००९मा संख्या बढ्ने क्रम २हजार ४सय,३५ सम्म पुगेको थियो भने ०१० सम्म आई पुग्दा ३हजार ४सय ८पुगेको छ। यसरी दुतावासबाट यात्र अनुमती लिएर नेपाल फर्कने नेपाली कामदारको संख्यामा चार वर्षमा ८हजार ४सय २२ पुगेको छ। पुरानो पासपोर्ट तत्कालै उप्लबध हुन नस्कने र नयां पनि जारी गर्न नस्कने अबस्थामा नेपाल सरकारले एक महिना समय अवधी भएको अपत्कालीन डकुमेन्ट जारी दर्गै आएको छ। नेपाली कामदार बैदेशिक रोजगारीमा जाने क्रम बाक्लीए संगै, कामदार अबैधानीक बन्ने, पासपोर्ट हराउने, चोरी हुने, आपत्कालीन अन्य दृर्घटना हुने क्रम पनि बढे पछि विदेश स्थित नेपाली कुटनीतिज्ञ नियोगहरुले टाभल डकुमेन्ट जारी गरिरहेका छन्। बिदेशमा रहेका नागरिकका सन्दर्भमा मात्रै भन्दा पनि छोटो समयका लागी नेपाल बाट बाहिर जाने, कालाकार, पर्यटक र अन्य भिषाका लागी पनि टभल डकुमेन्टले काम चलाउदै आएका छन्। मलेसियामा यात्रा अनुमती पत्र जारी गर्दा, दुतावासले मलेसियन रिंगेट १सय ६०शुल्क लिने गरेको छ। अबैधानीकरुपमा लुकी छिपी काम गर्दै आएका कामदारले १सय ६०मलेसियन रिंगेट शुल्क र परिचय खुल्ने प्रमाण पुरानो पासपोर्टको फोटोकपी वा नागरीताको फोटोकपी बुझाए एक महिना अवधी भएको टाभल डकुमेन्ट लिन्छन्। टाभल डकुमेन्ट लिएपछि मलेसियन अध्यागमन बिभागबाट टाभल डकुमेन्टको अवधी भरिको भिषा पाउछन्, भिषा दिदा फाईन स्वरुप अध्यागमन बिभागले, ६महिना अबैधानीक बसेकोलाई मलेसियन रिंगेट १हजार १सय, ६महिना देखी एक वर्ष सम्म अबैधानीक बसेकोलाई मलेसियन रिंगेट २हजार १सय र एक वर्ष भन्दा माथी अबैधानीक बसेर काम गरेकोलाई मलेसियन रिंगेट ३हजार १य लिने गरेको छ। कामदारले भिषा लिदां अन्तरवार्ता दिनु पर्ने भएकोले कामदारको भनाईलाई आधार मानेर अध्यागमन बिभागले फाईनको कुल रकम मध्य ७०प्रतिशत सम्म छुट दिदै आएको छ। ००७को ५सय जनाको संख्यामा बृद्धी ०१०मा ३हजार ४सय पुग्नु कल्पना पनि गर्न नसकिने कुरा हो, यो संख्या किन आकासिदै छ त ? यस बिषयमा राजदुत डा.ऋषी राज अधिकारी भन्नु हुन्छ, ‘००५,००६ तिरै मलेसिया आउने कामदारको संख्या निकै धेरै थियो, उनिहरु काम र कमाई राम्रो नभए पछि तीन वर्ष सकेर घर फर्कने बेलो कम्पनी छोडेर भागे कोही त्यस अघिनै भागेर अन्तै काम खोजेर गरे उनिहरु आएको ४,५ वर्ष भयो एक पटक घर जाउनत भनेर फर्कनेहरु छन्, अर्को समुह आएको ४,६ महिनामै फर्कनेहरु पनि कुल संख्या मध्य आधा,आधी छन् मेन्पावर कम्पनी र दलालको बेमानीले यो आधा संख्या थपीएको राजदुत डा।अधिकारीको भनाई छ। म्यनपावर कम्जनी र दलालले कादारलाई झुक्यार मलेसिया पठाउने, २,३ ओटा सम्झौता पत्र बोकाएर पठाउने, भए नभएका कम्पनीमा कामदार पठाउने र मलेसिया पुगे पछि काम नदिएर अल्पत्र पार्ने पासपोर्ट नदिने गर्नोले यो संख्या ह्वात्तै बृद्धी भएको हो। नयां हुन यात पुराना नेपाल बाट पासपोर्ट बोकेर बिदेश छिरेका कामदार यसरी टाभल डकुमेन्टमा नेपाल फर्कन बाध्य बनाउनु जिम्वारी म्यानपावर कम्पनी नै देखिन्छन्।दुतावास मलेसियाले २०१०को जनवरी देखी डिसेम्बर सम्ममा १हजार ८सय पासपोर्ट जारी गरेको छ। भिषा भएका र बैधानीक रुपमा रहेका कामदारलाई मालीकै सिफरिसमा पासपोर्ट जारी गरेका छौ राजदुत डा. अधिकारीले भन्नु भयो, ‘कम्पनी बाटै चोरी भएका, कम्पनी आगलागीमा जलेर नस्ट भएका, कामदार आफैले हराकाहरुला जारि गर्दै आएका छौ।’
No comments:
Post a Comment