6/29/2011

छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको तयारी

कृष्णप्रकाश श्रेष्ठ
रुसको राजधानीमा सम्पन्न हुन गइरहेको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २३(२५ जुलाई को तिथि अव एक महीना पनि बाँकी छैन ।
यस सम्मेलनमा यूरोप महाद्वीपका विभिन्न देशहरुमा बसोवास गरिरहेका नेपालीहरुको मात्र नभई विश्वकै विभिन्न देशहरुबाट गैरआवासीय नेपालीहरुका प्रतिनिधिहरुको उपस्थिति रहने छ चार सयजति नेपालीहरुद्वारा सम्मेलनमा भाग लिइने अनुमान गरिएको छ।
यूरोपका विभिन्न देशहरुका कार्यरत नेपाली राजदूतहरुका सथै नेपालस्थित रसियाली राजदूतको नाममा पनि निम्तो पठाइएको छ र नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मस्को आउने प्रतीक्षा गरिएको छ। मस्कोमा नेपालीहरुको यस्तो महत्वपूर्ण र व्यापक सम्मेलन पहिले कहिल्यै पनि भएको थिएन र यस अर्थमा यो अभूतपूर्व हुनेछ भन्नु अत्युक्ति हुने छैन। रुसमा रहेका नेपालीहरु छैटौं सम्मेलनको तैयारीमा एकबद्ध भई जुटेका छन् ।
गैरआवासीय नेपाली संघ रुसको १२ फेब्रुअरी २०११ शनिवार बसेको विस्तारित सभामा नेपाली राजदूत सूर्यकिरण गुरुङको समेत उपस्थितिमा गैरआवासीय नेपाली विश्वसंघका उपाध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा छैटौं क्षेत्रीय सम्मेलनको तैयारीबारे व्यापक छलफलपश्चात् विस्तारित सभाबाट आयोजक समितिअन्तर्गत विभिन्न अन्तरसम्बन्धित उपसमितिहरु गठन गरिएका थिए।
तत्पश्चात् मस्कोमा विभिन्न प्रश्नमा आयोजक समितिको बैठक बस्ने गरेको थियो। उदाहरणस्वरुप भन्ने हो भने २६ मे २ जून तथा २७ जूनमा मस्कोको ुसो एसियाु रेष्टुराँमा बसेका बैठकहरुमा विभिन्न उपसमितिहरुको कार्यबारे छलफल भई देखिएका सानातिना त्रुटिहरु सच्याउनुका साथै सम्मेलनको तैयारीमा अहिलेसम्म प्राप्त उपलब्धिको मूल्याङ्कन गरिएको थियो।
छैटौ सम्मेलनको कार्यक्रम निकै नै परिघटनापूर्ण छ । विदेशबाट पाहुनाहरु २१(२२ जुलाईमै मास्को पुगिसक्ने छन् । २२ जुलाईका दिन पाहुनाहरुलाई साझपख मास्को नदीमा जहाजद्वारा समेत मास्कोको दृश्यावलोकन गराइने छ । २३ जुलाईका दिन सम्मेलनको भव्य उदघाटन हुनेछ । २४ जुलाईका दिन विश्वका विभिन्न देशका उद्यमीहरुको संयुक्त लगानीमा मास्कोबाट झण्डै ९० किलोमिटर टाढा कालुगा जिल्लामा निर्माण भइरहेको एत्नोमिरु नृवंशलोकु अन्तर्गत ५ हजार वर्गमिटर क्षेत्रमा नेपाली वास्तुशैलीअनुरुप नेपालको सांस्कृतिक केन्द्रको रुपमा निर्माण भइरहेको नेपाली घरु को समुद्घाटन समारोह सम्पन्न गरिनेछ । २५ जुलाईका दिन सम्मेलनको समापन हुनेछ । तत्पश्चात् इच्छुक नेपाली प्रनिनिधि टोली एक रातको रेलयात्राको समेत अनुभव बटुली रुसको सांस्कृतिक राजधानी सेन्ट(पिटस्रबर्गको अवलोकन गर्न जाने छन् । सम्मेलनका सहभागीहरुका लागि मास्को बसाइँ अविस्मरणीय बनाउन अरु पनि यस्तै रोचक कार्यक्रमहरुको आयोजना गरिनेछ ।

रुस तथा नेपालबीच कूटनैतिक सम्बन्धको पचपन्नौ वार्षिकोत्सव मनाइने वर्षमै रुसमा गैरआवासीय नेपाली संघको छैटौं क्षेत्रीय सम्मेलनको आयोजना गरिनु नेपाल–रुस सम्बन्धको इतिहासकै एक चिरस्मरणीय घटना हुनेछ ।

No comments:

Pages