6/30/2011

कुवेतमा खुलेको एम्नेस्टी सकियो

हरिकृष्ण न्यौपाने
कुवेत । सन २००८ पछि लामो पर्खाइमा खुलेको एम्नेस्टीको चार महिने समय अबधि जुन३० बाट सकिएको छ ।
कुवेत सरकारले वैदेशिक कामदारको रूपमा कुवेत आएका सम्पूर्ण आप्रवासी गैरकानुनी कामदारलाई आममाफीको सदुपयोग गर्दै कुनै जरिवाना बिना आफ्नो देश फर्कने अवसर दिएको थियो । अनुमति पाएभन्दा अन्यत्रै गैरकानुनी रूपमा कार्यरत धेरै विदेशी कामदारहरूले बिनासजाय घर फर्कने अवसरको सदुपयोग गरेका छन् ।
कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलका अनुसार आममाफी सकिने दिन मात्रै दूतावासको सेल्टरमा रहेकामध्ये ६० जना नेपाली महिला कामदारहरूलाई नेपाल फर्काएको छ । दूतावासले गत हप्ता पनि ४० जना महिलाहरूलाई नेपाली फर्काएको थियो । राजदूत पौडेलका अनुसार अझै दुतावासको सेल्टरमा १ सय १६ जना महिला रहेका छन् ।
दुतावासका अनुसार एम्नेस्टीको सदुपयोग गर्दै करिब ३५ सय नेपाली गैरकानूनी कामदारहरूले ट्राभल डकुमेन्ट लिएका छन् । त्यस्तै करिब ३ सय ५० नेपालीहरूले कुवेत सरकारले तोकेको मापदन्ड अनुसार जरिवाना तिरी कानुनी रूपमा भिषा पनि पाएका छन् । कुवेतमा ५२ हजार नेपाली कामदारहरू रहेका छन् ।

No comments:

Pages